१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

वर पिपल र पानीका मुहान जोगाउन अर्घाखाँचीकाे भुमिकास्थानमा बाँस हटाउने अभियान शुरु

प्रेमनारायण आचार्य/अर्घाखाँची । पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरू मासिँदै जान थालेपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

वडाध्यक्ष प्रेमनारायण बेल्बासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बाँसले ऐतिहासिक महत्त्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान सुक्ने, सुक्खायाममा आगलागीको जोखिम हुने भएकाले वडाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो । निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र वरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन सूचनामा भनिएको छ ।

वर र पिपललाई चाहिने पानी र घाम बाँसले लिँदा वर–पिपल भोको रहने अनि बिस्तारै मर्दै जाने भएकोले बास हटाउने अभियान प्राकृतिक संरक्षणका लागि राम्रो रहेको सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए  ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बाँस र पानीको मुहान असर गर्ने गरी लगाइएको बाँस हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️