१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

वालिकाहरुको सहयोगार्थ महायज्ञ शुरु नहुदै उठ्यो ३५लाख

काठमाडौ, पुस २५  श्री गार्गी कन्या गुरुकुल संचालन सहयोगार्थ गार्गी गुरुकुल प्रतिष्ठानद्धारा संचालन हुन लागेको श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ २०८० को आयोजक समितिको छलफलमा नै ३५ लाख सहयोग नगद रकम उठेको छ । सो कार्यक्रममा हालसम्म यज्ञ अगावै रकम सहयोग गर्ने दाताहरुको नामावली पनि वाचन गरिएको थियो । यज्ञका लागि रकम सहयोग गर्नेहरुमा विजया गोयल १० लाख, भगवती उपाध्याय ५ लाख, रिलायबल नेपाल लाईफ ईन्सोरेन्स बाट रु ५ लाख, शिखर इन्स्योरेन्स रु ३ लाख, सन नेपाल लाईफ ईन्स्योरेन्स २ लाख, लक्ष्मी.बैक बाट २ लाख, समाजसेवी महेश कुमार पोद्दार १ लाख १ हजार १ सय ११, शुशिला कोईराला १ लाख, साश्वत ढुंगेल र सोनाली काफ्ले ढुंगेल दम्पती १ लाख ५० हजार, निर्मला पोख्रेल १ लाख ११ हजार, मन्दिरा पौडेल ५० हजार, कल्याणी काफ्ले ५० हजार,ईन्दिरा मल्ल १० हजार सहयोग रकम जुटेको छ ।

बालिकाहरुलाई संस्कारसहितको वैदिक शिक्षा प्रदान गरी सच्चरित्रवती विदुषी नारीशक्ति उत्पादन गर्ने पुण्य उद्देश्यका साथ नारायणीको पावनतट देवघाटधाममा संचालित नेपालको पहिलो र समावेशी गुरुकुललाई निरन्तर संचालनमा र्आार्थक अभाव नहोस् भन्ने उद्देश्यका साथ अक्षयकोषको स्थापनार्थ सो महायज्ञ गर्न लागिएको महायज्ञ मूल समारोहका संयोजक डा. गोविन्द टण्डनले बताउनुभयो । उहाँले आगामी फागुन १ गतेदेखि ९ गतेसम्म पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा उक्त सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको काठमाडौँमा आज बसेको बैठकमा जानकारी दिनुभयो । साथै उहाँले महायज्ञ सफल बनाउन ५ सय १ सदस्यीय समिति निर्माण गरिएको जानकारी दिनुभयो ।

साथै महायज्ञ सफल पार्न समिति मात्र सक्रिय भएर नहुने भन्दै सम्पुर्ण स्थानिय तथा नेपाल र विदेशमा रहनुहुने नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभयो । सो कार्यक्रममा संस्कृतविद् , प्रखरवक्ता तथा बास्तुविद् डा. बासुदेवकृष्ण शास्त्रीले गुरुकुलले गार्गी र विदुषी उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले गुरुकुललाई विद्यापीठका रुपमा लैजान सक्ने समेत जोड दिनुभयो । विश्वहिन्दु महासंघका महासचिव रामचन्द्र तिवारीले आफुले विश्वहिन्दु महासंघका सम्पुर्ण पदाधिकारीलाई यो महायज्ञ भनेको हाम्रो कार्यक्रम हो र यसलाई सफल पार्न संघको महत्वपूर्ण भूमिका रहने भन्दै पत्र नै काटी संयोजनका लागि जिम्मा समेत दिईसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले सम्पूर्ण नारी शक्तिको सम्मान स्वरुप छोरीहरुको शिक्षाका निम्ति आयोजित महायज्ञलाई सफल पार्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ संचारकर्मी रमेश अर्यालले गुरुकुल आफैमा धार्मिक महत्व बोकेको देवघाटधाममा स्थापित भएर पनि पशुपति क्षेत्रमा महायज्ञ संचालन हुँदा चितवन र काठमाण्डौलाई यसले धार्मिक रुपमा नयाँ कडी स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले आफु र आफ्ना संस्थाले महायज्ञका लागि यथासक्य सहयोग गर्ने बताउनुभयो । सो कार्यक्रममा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष तथा सह प्राध्यापक डा. मन काफ्लेले छोरीहरुको बालविवाह रोक्न वैदिक गुरुकुलीय शिक्षा प्रभावकारी रहेको एक अध्ययनको निष्कर्ष पश्चात वैदिक शिक्षाद्धारा सबै समुदायका छोरीलाई शिक्षित बनाउन गार्गी गुरुकुलको स्थापना गरिएको समेत जानकारी दिनुभयो । उहाँले यस महायज्ञले आजसम्म गुरुकुलका बारेमा जानकारी नभएका भक्तजनले समेत पुण्य कमाउने अवसर प्राप्त गर्ने बताउनुभयो । गुरुकुल व्यवस्थापन समितका अध्यक्ष शान्त प्रसाद पोखरेल सामाजिक एवं धार्मिक अभियन्ता संतोष आचार्य ,पत्रकार अच्युत अर्याल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा धार्मिक साथै सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपालको पहिलो तथा समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ । गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् । नेपालमा हाल कुल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिकाहरू पढ्ने गरेका छन् । संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था समेत मिलाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img