१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

धातिवाङ्गको अमर आधारभुत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव समारोह (तस्विरसहित)

कमला घिमिरे
पाणिनी, २९ माघ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा रहेको अमर आधारभुत विद्यालयको ४९ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष वार्षिकोत्सव मनाउँदै आएको अमर आविले यसवर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथी पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले उद्घाटन गर्दै शिक्षा क्षेत्रको विकास भएमात्रै गाउँ र समाज विकसित हुने बताए ।

शिक्षा सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, शिक्षाको सुधारका लागि गाउँपालिका तथा वडाबाट योजनावद्ध रुपमा अगाडी बढेका छौँ, उनले भने, ‘बसाईसराई बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सबै सरोकारबाला निकाय एकजुट भएमात्रै शिक्षामा उल्लेखनिय सुधारहुने बताए।’ विद्यालयमा आवश्यक पर्ने शैक्षिक क्षेत्रको विकास सँगै पुर्वाधारको विकास गर्नका लागि वडा कार्यालय प्रतिवद्ध रहेको बताउँदै वार्षिकोत्सव समारोह सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल, स्वास्थ्य चौकीका इन्चार्ज मित्रदेव पौडेल, काँग्रेस वडाकार्यसमिती सचिव हुमनाथ पौडेल, एमाले वडाकमिटी सचिव प्रेमनारायण पौडेल लगाएतले शुभकामना मन्तव्य राख्दैँ विद्यालयको प्रगतिको कामना व्यक्त गरेका थिए ।

वडाअध्यक्ष पौडेल र अक्षयकोष दाता गिरीराज पौडेलले विद्यार्लीहरुलाई सोहि समारोहको अवसरमा पुरस्कार वितरण गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुक्तीराम पौडेलको अध्यक्षता, विद्यालयका प्रअ हिमलाल पौडेलले सञ्चालन तथा वार्षिक प्रगती प्रतिवेदन पेश गरेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक सुमन घिमिरेले गरेका थिए । साविक धातिवाङ्ग गाविस वडा नं. ४ लाई पायक पर्ने गरी बालशिक्षा देखी कक्षा ५ सम्म अध्ययन यो विद्यालयमा हुन्छ ।

May be an image of 4 people, temple and textMay be an image of 5 people, tree and textMay be an image of 5 people, temple, tree and textMay be an image of 6 people, people smiling, temple, tree and textMay be an image of 5 people, tree and textMay be an image of 5 people and textMay be an image of 3 people, temple and textMay be an image of 5 people and textMay be an image of 4 people, temple and textMay be an image of 3 people and templeMay be an image of 4 people, temple and text that says 'pre N OPPO A15s ©PHOTA By कमला घिमिरे'May be an image of 1 personMay be an image of 2 people and people smilingMay be an image of 10 people and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️