२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

उच्च शिक्षामा अनिवार्य ज्योतिष विषय समावेश गर्नुपर्ने माग उचित : सभामुख घिमिरे

धुलिखेल । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो, वास्तु एण्ड वैदिक साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० को उद्घाटन गर्दै संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उच्च विद्यालयका कोर्षहरुमा ज्योतिषशास्त्रको विषयहरू कोर्समा समावेश गर्नुपर्ने माग उचित रहेको बताउनुभयो । उहाँले पुर्वीय र पाश्चात्य गरि दुई दर्शन रहेको बताउँदै पुर्वीय दर्शनलाई हामीले चिन्न, बुझ्न र त्यस्लाई प्रवर्द्धन र विकास गर्न नसकेको बताउनुभयो । उहाँले पुर्वीय दर्शन काश्यप ऋषि, वेदव्यास लगायतको प्रयत्नबाट प्रवर्द्धन भएको र अहिले धेरै धेरै पछाडि परेको बताउँदै यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरुबाट पुर्वीय दर्शन, ज्योतिष, वास्तु र तन्त्रशास्त्रका विषयमा चर्चा परिचर्चा गर्दै विश्वव्यापी रुपमा पुर्याउनुपर्ने बताउनुभयो ।

राजनीतिक स्वतन्त्रताले गर्दा नै विभिन्न दर्शनका बारेमा विचार विमर्शहरु गर्न सक्ने संघसंस्थाहरु स्थापना भएको र पाश्चात्य दर्शन पुर्वीय दर्शनबाट प्रभावित भएको बताउनुभयो । शरीर विज्ञान, योग विज्ञान, स्वास्थ्य विज्ञान र वास्तु विज्ञानलाई हामीले बुझ्न नसकेको बताउँदै यसको वैज्ञानिकताको बारेमा प्रमाणीकरण गर्दै लैजान संस्थाहरूको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ज्योतिषको क्षेत्रमा स्व.मंगलराज जोशीको योगदानलाई स्मरण गर्दै ज्योतिष शास्त्रको विकास गर्ने चार वेद र १८ ऋषिहरुको चिन्तन र मनन प्रेरणास्पद रहेको छ । जिवनमा सफल हुन ज्योतिषशास्त्रको मार्गनिर्देशन आवश्यक रहेको बताउनुभयो । तामाङ, शेर्पा र गुरुङ जातिहरुले मनाउने ल्होसारहरुमा समेत वैज्ञानिकता रहेको र प्रत्येक धर्म संस्कृतिको आफ्नै मौलिक विशेषता रहेको छ, उहाँले शुभ मुहुर्तमा संसद अधिवेशन लगायत बैठक बोलाउनुपर्ने यहाँहरुको भनाइमा सहमत असहमत भन्दा पनि यो विषय मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाउने व्यवस्था रहेकोले उक्त स्थानमा यस्ता महत्त्वपूर्ण विषयहरु उठाउन ध्यानाकर्षण गराउनुभयो । स्वस्थ प्रतिष्पर्धा, निश्चित ज्ञानको आधारमा अन्य पेशाकर्मीहरुलाई जस्तै लाइसेन्सको व्यवस्था गर्नुपर्ने कुरा उचित रहेको र यस ऐतिहासिक पवित्र कार्यक्रममा भारत तथा बंगलादेशबाट पाल्नुनुभएका गुरुहरुको धुलिखेल बासाई सफल र प्रभावकरी रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष पन्चाङ्गकार डा लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस के शास्त्री, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष माधवराज पाण्डे, भारत नयाँ दिल्लिबाट पाल्नुभएका प्राडा अनिलकुमार मित्र, एष्ट्रो वास्तु एण्ड वैदिक साइन्सेस हवका प्रतिनिधि आचार्य डा अशोककुमार कुमार मिश्र, बंगलादेश ढाकाबाट पाल्नुभएका फकिर एसर अरफत, प्राडा माधवप्रसाद पाण्डेय, सुर्यप्रसाद ढुंगेल  लगायतले मन्तव्य राख्दै यस्ता सम्मेलनहरु आपसी भाइचारा वृद्धि गर्ने मात्र नभै प्राज्ञिक विचार विमर्श हुने गरि अघि बढ्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न ज्योतिषी, वास्तुशास्त्री र तन्त्रशास्त्रीहरुलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मान छनोट समिति गठन गरि सम्मान गरेको आयोजकले जनाएको छ । समानित हुनेहरूमा बेस्ट एष्ट्रोलोजर अवार्डबाट आचार्य लक्ष्मण पन्थी, योङ स्टार एष्ट्रोलोजर अवार्डबाट रविन पंगेनी, अन्तर्राष्ट्रिय वैदिक गुरु अवार्डबाट भारत नयाँ दिल्लिका प्राडा अनिलकुमार मित्र, आइकोनिक एष्ट्रोलोजर अफ द यर २०२३ अवार्डबाट भारतकै डा सफली गर्ग, ज्योतिष सगरमाथा अवार्डबाट बंगलादेशका फकिर यसिर अरफत, धर्म अलङकार अवार्डबाट पण्डित खिलनाथ काफ्ले, योङ तान्त्रिक अवार्डबाट चुरामणी पाण्डे, ज्योतिष रत्न अवार्डबाट नवराज भट्ट, शिवलाल पौडेल, टिकाराम घिमिरे, विष्णुप्रसाद सुवेदी, गौरीशंकर शर्मा, प्रेमप्रसाद पराजुली, ऋषिराज घिमिरे  र ज्योतिष सेवा श्री पुरस्कारबाट मनमाया पौडेल, विन्दा भट्टराई काफ्ले, वास्तु अवार्डबाट भरतमणी ज्ञवाली, सरस्वती श्रेष्ठ,  पशुपतिनाथ अवार्डबाट लिलाराज शर्मा, शिवकुमार सुवेदी, सुरेशचन्द्र रिजाल, कल्पना सुवेदी, मदन चौबे, सुरेशराज गिरि, टीकाराम पौडेल, धर्मानन्द जोशी, आशिष सिंखडा, खगेन्द्र प्रसाद खनाल, विष्णुप्रसाद तिमल्सिना, सुष्मा मल्ल, भवेश भट्टराई, बलराम लम्साल, अमृत पौडेल, विजय पन्थी लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको कार्यक्रमका संयोजक अधिवक्ता नारायणप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । दक्षिण एसियाली ज्योतिष महासंघको अनुसन्धानात्मक मुखपत्र मन्दाकिनी समेत लोकार्पण गरिएको कार्यक्रममा नेपाल, भारत र बंगलादेशका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा विभिन्न व्यक्तित्वहरुबाट विषयगत छलफल समेत भएको र उठान भएका विषयहरूलाई समेटेर दक्षिण एसियालि ज्योतिष महासंघले पाँचबुदे घोषणापत्र जारी गरेको अध्यक्ष डा सहदेव विष्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img