८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

विदेशी डाक्टरद्धारा ठमेलको जेन स्पामा निःशुल्क दन्तपरिक्षण

काठमाडौँ, १७ फागुन । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा निःशुल्क दन्त परिक्षण सञ्चालन गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ चाक्सीवारीस्थित जेन स्पा सेन्टरमा विदेशी डाक्टरद्धारा निःशुल्क दन्त परिक्षण गरिएको हो ।

सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुका दन्त विभाग प्रमुखसमेत रहनुभएकी जर्मनी डाक्टर साइवेली केलरले दन्त परिक्षण गर्नुभएको हो । उक्त कार्यक्रममा ६३ जनाले दन्त परिक्षण गर्नुभएको जेन स्पाका सञ्चालक रामदेव महतोले जानकारी दिनुभयो । सञ्चालक महतोका अनुसार संस्थाको सार्वजनिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

सो अवसरमा ठमेल क्षेत्रका पर्यटन व्यवसायी जेन स्पामा कार्यरत सञ्चालक, कर्मचारी साथै सेवाग्राहीले दन्तपरिक्षणको सेवा लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img