मैदानमा सुचना प्रविधी सम्बन्धी आईसिटी कम्प्युटर तालिम सम्पन्न

अर्घाखाँची, २३ बैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा सुचना प्रविधी सम्बन्धी आईसिटी कम्प्युटर तालिम सम्पन्न भएको छ ।

वडा कार्यालय मैदानको आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा मैदानमा १५ दिनसम्म सञ्चालन भएको तालिमको समापन गर्दै वडा अध्यक्ष इन्द्रमणि घिमिरेले प्रविधीको युगसँगै कम्प्युटर ज्ञान आजको आवश्यकता भएको बताउँनुभयो । उहाँले विद्यालयका शिक्षकहरु प्रविधीमैत्री बन्न सकेमा मात्रै विद्यार्थीसम्म उक्त शिक्षा पुग्ने विश्वस्त हुदैँ आगामी दिनमा पनि प्रविधीमैत्री वडा बनाउँन पहल गर्ने बताउँनुभयो ।

तालिमको समापनमा पाणिनी गाउँपालिका रोजगार संयोजक शालिकराम पाण्डे, सहभागी प्रशीक्षार्थी शिक्षकहरु भक्तबहादुर रेश्मी, खगेन्द्र घिमिरे, गुनविर वैजाली, देवका घिमिरे, लिलापति घिमिरेले मन्तव्य राख्दै कम्प्युटर शिक्षामा नभएको ज्ञान तालिमबाट सिकेको कुरा बताउँनुभएको थियो ।

बैशाख ७ गतेबाट सुरु भएको तालिम बैशाख २२ गते समापन भएको सत्रको कार्यक्रम कृष्ण माविका प्रअ टेकनारायण गैरेको अध्यक्षता, प्रशिक्षक कृष्ण गैरेको स्वागत र प्रशिक्षक घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । ३० जनाको सहभागिता रहेको तालिम भानु मावि र कृष्ण माविमा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img