पाणिनी गाउँपालिको पटौटीमा १५ दिने कम्प्युटर तालिम सुरु

अर्घाखाँची, २३ बैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीमा कम्प्युटर तालिमको सुरुवात भएको छ । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष हरिप्रसाद घिमिरेले प्रविधीको युगसँगै कम्प्युटरको महत्व बढी भएकाले सक्रियतापुर्वक सहभागी हुन अनुरोध गर्नुभयो । कम्प्युटरको महत्व दिनप्रतिदिन बढ्दै गएकाले सक्रिय सहभागिताका साथ तालिममा सहभागी हुन सहभागीलाई आग्रह गर्नुभयो ।

वडा सदस्य एकराज अधिकारीले सुचना र प्रविधीको युगमा वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु प्रविधीमैत्री बनाउँनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा वडा सदस्य हुमकला विक, देवी प्रभाव माविका प्रअ हरिप्रसाद घिमिरे, शिक्षीका गिता घिमिरे, ठुलापोखरा आविका प्रअ रेनुप्रसाद घिमिरे लगाएतले मन्तव्य राख्दै कम्प्युटर तालिम महत्वपुर्ण भएकोले सक्रियतापुर्वक सहभागीता हुने बताउँनुभयो ।

कार्यक्रम देवी प्रभाव माविका व्यवस्थापन समितीका अध्यक्ष रामनाथ घिमिरेको अध्यक्षता, प्रशिक्षक कृष्णप्रसाद गैरेको स्वागत र घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

वडा कार्यालयको आर्थिक सहयोग तथा आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा तालिम हुन लागेको हो । देवि प्रभाव मावि र द्यौराली माविमा सञ्चालन हुने तालिम १५ दिनसम्म सञ्चालन हुनेछ । तालिममा ३० जना सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img