पाणिनी गाउँपालिको पटौटीमा १५ दिने कम्प्युटर तालिम समापन

अर्घाखाँची, ११ जेठ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीमा कम्प्युटर तालिमको समापन भएको छ । तालिमको समापन गर्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले कम्प्युटर प्रविधीको य्ुगको महत्व बढी भएकाले सिकेको ज्ञानलाई निरन्तरता दिन आग्रह गर्नुभयाे ।

१५ दिनसम्म सञ्चालन गरेको तालिमबाट आधारभुत ज्ञानमात्रै प्राप्त भएकाले यसको निरन्तरता वडा र गाउँपालिकाबाट पनि दिनका लागि पहल गर्ने बताउँनुभयो । हरेक वडा कार्यालय, विद्यालय, संघसंस्थाहरुमा कम्प्युटरको प्रयोगबाट मात्रै कामकाज गर्न सक्ने दिनहरु सुरु भएकाले अबको युग प्रविधीमैत्री भएको उहाँले बताउँनुभयो । समापन समारोहका अध्यक्ष तथा वडा अध्यक्ष हरिप्रसाद घिमिरेले प्रविधीको युगसँगै कम्प्युटरको महत्व बढी भएकाले सक्रियतापुर्वक सहभागी भएको बताउँदै कम्प्युटरमा संसारको सबै चिज हुने भएकाले यसको निरन्तरता दिने बताउँनुभयो । कम्प्युटरको महत्व दिनप्रतिदिन बढ्दै गएकाले ठाउँ, समय व्यवस्थापन गरेर सक्रियतापुर्वक सहभागी हुने सबैलाई धन्यवाद दिनुभयो ।

वडा सदस्य एकराज अधिकारीले अन्य तालिम भन्दा यो तालिम भिन्न रहेकाले यसको उपलव्धी राम्रो देखिएको बताउँनुहुदै सुचना र प्रविधीको युगमा वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु प्रविधीमैत्री बनाउँनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा वडा सदस्य हुमकला विक, देवी प्रभाव माविका प्रअ हरिप्रसाद घिमिरे, देउराली माविका शिक्षक रामप्रसाद घिमिरे, शारदा आविका प्रअ शारदा शर्मा, ठुलापोखरा आविका प्रअ रेनुप्रसाद घिमिरे, समाजसेवी भोजराज घिमिरे, विद्याविकास आविका श्रीप्रसिाद थापा लगाएतले मन्तव्य राख्दै कम्प्युटर तालिम महत्वपुर्ण भएको बताउँनुभयो । तालिमको प्रशिक्षक कृष्णप्रसाद गैरे र घनश्याम पौडेलले गर्नुभएको हो ।

वडा कार्यालयको आर्थिक सहयोग तथा आयोजना र लुम्बिनी मिडिया एजेन्सीको सहजीकरणमा तालिम हुन लागेको हो । देवि प्रभाव मावि र द्यौराली माविमा सञ्चालन हुने तालिम १५ दिनसम्म सञ्चालन भएको तालिम बैशाख २३ गतेदेखि जेठ ७ गतेसम्म सञ्चालन भएको हो । तालिममा ३९ जना सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img