तिलोत्तमाको शान्ति दुर्गामा विद्यालय स्तरीय धार्मिक हाजिरजवाफ प्रतियोगिता

तिलोत्तमा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालय स्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता जेठ १९ गते सम्पन्न भएको छ । विद्यार्थीहरुमा धार्मिक जनजागरण र संस्कृति चेतना गराउने उदेश्यले  तिलोत्तमा वडा नम्बर ६ को व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा धार्मिक हाजिरीजवाफ प्रतियोगिताको उपाधि श्री गीर्वाण सरस्वती मा. विले हाता पारेको छ ।

त्यस्तै दोस्रो स्थान स्मृति बोर्डिङ , तेस्रो स्थान जनज्योति मा. वि . र प्यारामाउन्ट प्रोत्साहन हुन सफल भएको छ । संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुनेले नगद रु १२ हजार दोस्रोले रु ९ हजार, तेस्रो हुनेले ६ हजार र प्रोत्साहन हुनेले नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त शान्ति दुर्गा मन्दिरका अध्यक्ष शिव पाठकले बताउनुभयो ।

तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन सागर पाठकले गर्नु भएको थियोे कार्यक्रममा तिलोत्तमाका १६ विद्यालयहरूको सहभागिता रहेको थियोे । हाजिरजवाफको निर्णयकमा क्षत्रराज गौतम , बुद्धिसागर भट्टराई ,केशवराज भण्डारी शोभाखर भण्डारी रहनुभएको थियोे ।

कार्यक्रमको शुभारम्भमा पं भुपराज न्यौपाने र पं पदम ढकालले स्वस्ति वाचन गर्नुभएको थियोे । मौलिक सनातन धर्म संस्कृतिको प्रारम्भिक ज्ञान प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा एक समुहमा एक छात्रा सहित ३ जना र दर्ता नि:शुल्क रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img