पाणिनीको मैदानमा साउन १४ गते विशेष शिवपूजनको आयोजना

अर्घाखाँची । वैदिक सनातन धर्मसेवा समाज अर्घाखाँचीले यही साउन १४ गते सोमबारका दिन पाणिनीको मैदानमा शिवपूजन लगायत विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने भएको छ । पाणिनी-५ मैदानमा अवस्थित मनोकामना भगवतीको मन्दिरमा उक्त कार्यक्रम गर्न लागेको वैदिक सनातन धर्मसेवा अर्घाखाँचीका अध्यक्ष चन्द्रमणि घिमिरेले बताउँनुभयाे ।

हिन्दू सनातन धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण एवं पवित्र साउनको सोमबार पारेर कार्यक्रम को तयारी गरेको छ। उक्त कार्यक्रममा ५१ हजार विल्वपत्र शिवजीलाई अर्पण गरिने आयोजकले बताएको छ । त्यसैगरी गाईको दुधद्वारा शिवलिङ्गमा अखण्ड दुग्धधारा समेत लगाइने तयारी भएको बताइएको छ । उक्त कार्यक्रममा आफै कर्ता बन्नका लागि भक्तजनहरुलाई कम्तिमा १,१०० विल्वपत्र र त्यत्ति नै संख्यामा ११ सुते बत्ती ल्याउन समेत अनुरोध गरिएको महासचिव अन्नतप्रसाद घिमिरेले बताउँनुभयाे ।

श्रावणको उक्त सोमबारलाई विशेष बनाउनका लागि गङ्गाको जल ल्याइ भगवान् शिवलाई अभिषेक गर्ने कार्यक्रम समेत तय गरिएको छ भने भजन कृतन पनि कार्यक्रमको मुख्य आकर्षक रहने जनाइएको छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाइ आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img