८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

ढाकाबाङ्गमा तिजगित प्रतियोगिता तथा तिजमिलन कार्यक्रम सम्पन्न

माधव खनाल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.-१ वाड भित्र रहेका महिला स्वास्थ्य स्वयंमसेविकाको आयोजनामा हिन्दु नेपाली नारीहरूको महान चार्ड हरितालिका तिजको अवसरपारी बिहिवार , वडा कार्यालयको प्रा‌ङ्गण सिटेनिमा तिज गित प्रतियोगिता तथा तिज मिलन एवं दर खाने कार्यक्रम सम्पन्न भएको छ।

भुमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले ब्यानर बाचन गरि उद्घाटन गर्नुभएको कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत जगदीशचन्द्र नेपाली भुमिकास्थान नगरपालिका वार्ड न २ का अध्यक्ष बुद्धि थापा वार्ड न ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ वार्ड न ८ का अध्यक्ष राजकुमार श्रेष्ठ प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड न २ का अध्यक्ष लेख बहादुर थापा भुमिकास्थान वडा न १ का सदस्य मेघराज खनाल गोपाल बहादुर नेपाली लगायत वार्ड भित्रका आमासमुह महिला समूह राजनितिकर्मी, समाजसेवी, कर्मचारी, विभिन्न संघ संस्था, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, विद्यार्थी लागायतको उपस्थिति रहेको वडा सचीव डिल बहादुर कुमालले बताए ।प्रतियोगितामा जम्मा दस टोलबिकास संस्था रहेकोमा ९ वटा टोलबिकास संस्था सहभागी भएका थिए । प्रतियोगितामा  प्रथम भगवती टोलबिकास सस्था साम्ने गाउँ ,द्वितीय देउराली टोलबिकास सस्था राजिमे,तृतीय ठुलाखोला कुसुम्मारे टोलबिकास सस्था र आम्बोट चौतारा टोलबिकास सस्था भएका थिए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टोलबिकास सस्था तथा सहभागी सबै टोलबिकास सस्थालाइ पुरस्कार वितरण गरिएको थियो । तिज गितप्रतियोगिताको निर्णायक मण्डलको  संयोजक  हिमलाल खनाल सदस्य पार्वता खनाल कृष्णा रोका राधिका जिएम र अस्मिता अधिकारी गमाल रहनुभएको थियो ।  कार्यक्रम भुमिकास्थान नगरपालिका वार्ड न १ अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षता भुमिकास्थान नगरकार्यपालिका सदस्य खुमा वेल्बासे (माधवा)को स्वागत र जीवन नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img