सुपादेउराली मन्दिरको महिमा र प्रसाद !

झनक केसि
अर्घाखाँची जिल्लामा अबस्थित नेपालकै प्रसिद्ध मन्दिर सुपा देउराली मन्दीर समुद्र सतह देखि करिब अठार सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको शितगंगा र सन्धिखर्क नगरपालिकाको मध्य भागमा अवस्थित देवीस्थल हो। सुपा देउरालिको सम्झिने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउराली पारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला,अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ। यस मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुईचो लागेको छ।

सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ । परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन्। जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ ।

पछिल्लो समयमा यस मन्दिरमा नेपाल मात्र नभै अन्तरास्ट्रिय सम्म निकै राम्रो चर्चा सुनिदै आएको छ। यस मन्दिरमा गणेश पुजा शिव पुजा,देवि भगवती,नारायणको पुजा भागवत पाठ,रुद्री पुजा,लक्ष्यबती विबाह व्रत बन्धन ,विभिन्न भक्तजनहरुको माग अनुसार देउरालिका मुल पुजारी खनालहरु द्वारा गरिन्छ।

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजाआजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

यस मन्दिरमा खास गरि कालो पाठिको पुजा गरिन्थ्यो तर पछिल्लो समयमा सबै खालका कालो पाठो,सेतो पाठो ,पाठा पाठीहरुको भाकल साथै जोडि परेवा भाकल गरेको उडाउनाले मनले चिताएको कुरा पुग्दै आएको छ।

यस ठाउमा पुजा गरेको मेडाहरु उत्तरमा नरपानी मौलो र दक्षिणमा ठाडा डमरु दहको मौलो नकटाई प्रसाद खाने चलन रहको छ। तर आजकाल घर सम्म लैजाने,प्रसाद पुगेन भनेर अन्य मासु मिसाएर खाने,विभिन्न परिकार साथै पेय पदार्थहरु खाने,आफ्नै मर्जिले भोज गर्दा भाकल पूरा नहुने,दखल दिने,बिभिन्न दुर्घटना भै रहेको छ। यहाँ पुजा गर्दा शुद्ध मनले पुजा आजा गरे भाकल पूरा हुने चलन मन्दिरका पुजारीहरु स्थानिय बुद्धिजिविहरुले बारम्बार अनुरोध गर्दै आउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img