२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ सुरु

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। हिन्दु धर्मका प्रबुद्ध सन्त एवं गुरुहरूको उपस्थितिमा प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले नौ कन्या एवं ११ बटुकहरूको साथमा दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरे।

महायज्ञको उद्घाटन गर्दै नेपाल सन्त समाजका राष्ट्रिय अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नेपाली समाजलाई यज्ञको महत्त्व बुझाउन अझै कठिन भइरहेको बताए। विधि विपरीत आयोजना हुने यज्ञ र यज्ञका नाममा हुने अन्य कार्यले वास्तविक पवित्र उद्देश्यका यज्ञहरूको महत्त्व छायाँमा पुगेको उनले बताए।

‘यज्ञ वेदोक्त हुनुपर्छ। वेदले जसरी भन्छ त्यसरी यज्ञ हुनुपर्छ । वेदको भाव विपरीत गरिएका यज्ञले देवकार्य पुष्टि हुँदैन। हामी सबैलाई वेदोक्त सिद्ध कर्म गर्न प्रेरणा मिलोस्’, उनले भने । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृष्णदास महाराजले अतिरुद्र विराट महायज्ञको आयोजनाले नेपालको श्रीवृद्धिमा योगदान पुगेको बताए। ‘यस महायज्ञको माध्यमबाट धर्म,संस्कार र संस्कृतिको रक्षा गर्दै भगवान पशुपतिनाथको पुण्य भूमि नेपाल राष्ट्रको नाम विश्वभर फैलाउने काम भएको छ ’, उनले भने ।

महर्षि महेशले ५० वर्षअगाडि नेपाल आएर नेपालको महिमालाई बढाउने महान् काम गर्नुभएको भन्दै उहाँकै प्रेरणामा सञ्चालित महर्षि वैदिक फाउण्डेसनले विराट महायज्ञको माध्यमबाट सम्पूर्ण धार्मिक मनहरूलाई एकताबद्ध गरिएकोमा कृष्णदास महाराजले धन्यवादसमेत ज्ञापन गरे ।

नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक दीपकप्रकाश बाँस्कोटाले वैदिक सनातन धर्ममा विश्वास गर्नेहरुको एकताबाट नै नेपालबाट विश्वशान्तिको सन्देश दिलाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img