गङ्गाजमुना मेला भव्यताका साथ सम्पन्न, ४० हजार बढीको सहभागीता

धादिङ २८ कात्तिक । धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका स्थित ढाडखर्कमा रहेको गंगाजमुना माईमेला २०८१ भव्यताका साथ सम्पन्न भएको छ । गंगाजमुना गाउँपालिकाको आयोजनामा सोमबार र मंगलबार भएको कार्यक्रममा ४० हजार बढी भक्तजनको सहभागीता रहेको गाउँपालिका पर्यटन विकास समितिका संयोजक एवम् वडा नं ६ का वडाअध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो ।

उक्त दुईदिने मेलाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको थियो । सोमबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले मंगलबार एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरि मनाएका छन् । तीन सय मिटर माथि पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना रहेका छन् । झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर गंगाजमुनाको पूजाआजा गर्ने गरिन्छ । उक्त झरनाको नामबाटै गाउँपालिकाको नामसमेत रहन गएको हो । मेलाको अघिल्लो दिनमा फूलको डोली ल्याएर रातभर जाग्राम बसेर भोलिपल्ट डोरी तार्ने चलनसमेत रहेको छ ।

एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुना झरना र कुकुर धारा नुहाउँदा कुकुरले टोकेको दोष निवारण हुने तथा परिवारमा सुखशान्ति र संमृद्धि छाउने,वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा निको हुने,सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहि आएको संयोजक ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img