काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गतेदेखि चीनको भ्रमणमा जाँदैछन् । उनको भ्रमणको तयारी पूरा गर्नका लागि बिहीबार मात्रै परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा चीन गएकी छन् ।