२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

क्यानाडा-अमेरिका बस्ने नेपालीका लागि बन्यो बेग्लै पञ्चाङ्ग

अन्टारियो। दसैँ कहिले मनाउने, टीकाको साइत कहिले, अन्य पर्व ठ्याक्कै साइतमा कसरी मनाउने जस्ता कुराहरू विदेशमा बसिरहेका नेपालीहरूका लागि सधैं अन्योल हुने गरेको छ। मूल रुपमा नेपालमा मनाइने चाडपर्वहरु नेपालकै सन्दर्भमा तिथि, मिति प्रचलनमा हुने गरेकोले यस्तो अन्योल भइरहेको थियो।

अब भने अन्योल हट्ने भएको छ। यसका लागि बेग्लै पञ्चाङ्ग र भित्रेपात्तो बनाइएको छ, जसले क्यानाडा, अमेरिकामा बस्ने नेपालीहरुलाई सहज बनाउने भएको छ।

विक्रम सम्बतमा आधारित भएर स्थानीय पक्षहरुलाई पनि ध्यान दिंदै बनाइएको पञ्चाङ्गको र भित्तेपात्रोको नाम ‘सदुत्तर’ राखिएको छ। क्यानाडाले आफूलाई ‘ट्रु’ (सद्) ‘नर्थ’ (उत्तर) भनेर चिनाउने भएकाले सदुत्तर नाम राखिएको जनाइएको छ।

पहिलो पटक २०८२ साल (सन् २०२५–२६) का लागि पञ्चाङ्ग बनाइएको हो। स्थानीय समय गणना गरी तारिखलाई प्रमुखता दिइएको उक्त पञ्चाङ्गमा विवाह, व्रतवन्ध, अन्नप्रासन, रुद्री जुर्ने दिन, हवन जुर्ने दिन लगायत विभिन्न संस्कारहरुलाई समेटिएको छ।

यसैगरी, राशीफल, संक्रान्ति फल, मासिक फल लगायत पक्ष पनि समेटिएको छ। क्यानाडा र अमेरिका क्षेत्रमा रहने हिन्दू धर्मावलम्वी र संस्कृतिप्रेमीहरुलाई अब सजिलो हुने भएको पञ्चाङ्ग निर्माणमा संलग्न प्रतिनिधिले बताएका छन्।

चाडपर्व मनाउँदा र अरु धार्मिक कार्य गर्दा हालसम्म नेपालकै पञ्चाङ्ग अनुसार गर्ने गरिएको थियो। तर पञ्चाङ्ग प्रत्येक स्थानको फरक हुने भएकाले बेग्लै बनाइएको हो।

शास्त्रीय एवं विधिसम्मत शुद्ध पञ्चाङ्ग अनुसार कार्य गर्न र अहिलेसम्म क्यानाडाको टोरन्टोको अक्षांश देशान्तरका आधारमा पञ्चाङ्ग नभएकाले पञ्चाङ्ग भित्रेपात्रोको आवश्यकता भएको प्रकाशक माधव निरौलाले बताए।

‘सदुत्तर’ प्रकाशिनी पञ्चाङ्ग र भित्रेपात्रो क्यानाडाको सम्पादकमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति सदस्य सचिव लक्ष्मण पन्थी, संयोजकमा आचार्य सुरेशप्रसाद शर्मा र प्रकाशकमा माधव निरौला छन्।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको सभापतिमा प्रा. डा. माधवप्रसाद भट्टराई छन् । सदस्य सचिवमा आचार्य लक्ष्मण पन्थी, सदस्यहरुमा प्रा. डा. रामचन्द्र गौतम, प्रा. डा. देवमणि भट्टराई, प्रा. श्रीकृष्ण अधिकारी, डा. लोकराज पौडेल, प्रा. डा. माधवप्रसाद पाण्डेय, सह प्रा. डा. पुरुषेत्तम भट्टराई, ज्योतिष पं. सूर्यप्रसाद ढुङ्गेल, पञ्चाङ्गकार श्रीकेश कौशिक, सूचना प्रविधि विशेषज्ञ सुदर्शन पौडेल एवं आचार्य सुरेशप्रसाद शर्मा र माधव निरौला छन्।

निरौलाका अनुसार वेदका ६ वटा अङ्गमध्ये ज्योतिषलाई नेत्रको रुपमा मानिन्छ। सनातन हिन्दू धर्मावलम्वीहरुको जन्मदेखि मृत्युपर्यन्तका षोडस संस्कार महत्वपूर्ण तिथि, नक्षत्र, चाड पर्वहरुको निर्धारण धर्मशास्त्र र ज्योतिष शास्त्रमा आधारित पञ्चाङ्गबाट हुन्छ।

पञ्चाङ्ग भन्नाले विशेषतः पाँच तिथि, वार, नक्षत्र, योग र करणलाई जनाउँछन। शास्त्रीय रपमा विधिसम्मत् कार्य गर्न शुद्ध पञ्चाङ्गको आवश्यकता पर्ने उनको भनाइ छ।उक्त पञ्चाङ्ग र भित्रेपात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत विश्व ज्योतिष महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिबाट गणना गरी क्यानाडाको टोरन्टोस्थित नाथन फिलिप स्क्वायरको अक्षांश दोशान्तर लिइ इएसटी (टाइम जोन) अनुसार सूर्य, चन्द्रमा सूर्य सिद्धान्त र अन्य ग्रहहरु केतकी गणना पद्धतिअनुसार विशिष्ट विद्वान र महानुभावहरुबाट तयार गरिएको निरौलाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img