२२ फाल्गुन २०८२, शुक्रबार
२२ फाल्गुन २०८२, शुक्रबार
spot_img

पहिलोपटक समुदायमाझ यसरी खुले हृदयन्द्र, शालिन शैलीमा समृद्धिको बातचित

बुधबार २४ वर्ष टेकेका हृदयन्द्र शाहले फेसबुकमा एउटा आकर्षक भ्लग पोस्ट गरे । जुम्ला उपत्यकामा घुमफिर गर्दै उनले त्यहाँको सौन्दर्यलाई भ्लगमार्फत बाहिर ल्याएका छन् ।

१५ मिनेटको उक्त भिडियो भ्लगमात्र थिएन, पूर्वराजपरिवारका सदस्य तथा पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानी शाहका छोरालाई नजिकबाट बुझ्ने र चिन्ने अवसर पनि हो । हृदयन्द्र यतिविधि खुलेर अहिलेसम्म मिडिया प्लाटफर्ममा आएका थिएनन् ।

यो भ्लगमार्फत दर्शकले जुम्लाको सौन्दर्य र इतिहास मात्र होइन, हृदयन्द्रको विचार र रुचिबारे बुझ्न सक्छन् ।

केही महिनाअघि हिमानी फाण्डेसनको कार्यक्रमको सिलसिलामा कर्णालीमा पुगेको बेला हृदयन्द्रले आकर्षक भ्लग बनाएका छन् । त्यहाँका रमणीय ठाउँको भ्रमण मात्र होइन, जुम्लेलीसँगको गफगाफ र स्नेहले दर्शकलाई मर्मस्पर्शी तुल्याउन सक्छ । उनले त्यहाँको स्याउ खेती, कफिसप खोलेर बसेका स्थानीय युवा, वृद्धवृद्धा, कर्णाली शिक्षालयका विद्यार्थीदेखि स्थानीय युवाहरूसँग भेट पनि गरे ।

सो क्रममा स्थानीय युवती पञ्चकली बुढाले हृदयन्द्रलाई सोध्छिन्, ‘हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला ?’

जवाफमा हृदयन्द्र भन्छन्, ‘मान्छेले राम्रो काम गर्‍यो भने, सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला । अलिकति हामी पनि लाग्नुपर्‍यो । आँट गर्नुपर्‍यो । हुन्छ होला ।’

पञ्चकलीले कर्णालीको गीत सुनाएर हृदयन्द्रलाई मन्त्रमुग्ध तुल्याएकी छन् ।

उनले जुम्ला पहिलोपटक आउँदा खुसी लागेको बताएका छन् । फेरि पनि घुम्न आउने उनले बताएका छन् । आफूले नेपालका धेरै ठाउँ घुमिसकेको र हिमालतिर घुम्न मन लागेको इच्छा उनले व्यक्त गरे ।

अहिले अमेरिकामा अध्ययन गरिरहेका हृदयन्द्र स्नातक सकिएपछि देश फर्किने तयारीमा छन्, जुन कुरा उनले भिडियोमा भनेका छन् ।

हृदयन्द्रले आफू एनिमे सिरिजको ठूलो प्रशंसक रहेको बताएका छन् । विशेषगरि वानपिस एनिमेले आफूले हेर्दै आएको उनी बताउँछन् । भित्तामा टाँसिएको एनिमेको फोटोबारे चासो राख्दै उनले आफूले पनि एनिमे बनाउने गरेका बताएका छन् ।

भ्लगलाई सामाजिक संजाल प्रयोगकर्ताले निकै रुचाएका छन् । विशेषगरि हृदयन्द्रको सरलता र भद्रताको प्रशंसा भैरहेको छ । सामाजिक संजालमा फ्यानले भिडियो सेयर गरिरहेका छन् ।

जुम्लाको सौन्दर्यको प्रशंसा गर्दै घुम्नको लागि त्यहाँ जान आग्रह पनि गरेका छन् । यो लेख्दासम्म हृदयेन्द्रको पोस्टलाई साढे २ लाखभन्दा धेरै पटक हेरिएको छ । सामाजिक संजालमा पनि भिडियो ब्यापक सेयर भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img