‘बक्स अफिस म्युजिक अवार्ड २०८२’ मा मोतिराज खनाल

काठमाडौं – नेपाल सरकारद्वारा मान्यता प्राप्त र नेपालकै पुरानो एवं प्रतिष्ठित बक्स अफिसद्वारा आयोजित म्युजिक अवार्ड २०८२ मा भजन विधामा कलाकार मोतिराज खनालले सर्वोत्कृष्ट भजन गायक तथा सर्जक अवार्ड हात पारेका छन् ।

वरिष्ठतम् निर्णायक मण्डलको मूल्याङ्कनमा आधारित यस अवार्डमा कुनै पनि भोटिङ प्रक्रिया नराखी, उत्कृष्ट सिर्जना र गायनको आधारमा छनोट गरिएको हो । खनालले आफूले गरेको कर्मको फल पाएको अनुभूति गर्दै अवार्डप्रति खुशी र गौरव व्यक्त गरेका छन् ।

यस वर्षको उत्कृष्ट भजनको रुपमा ‘सुपा देउराली भजन’ चयन भएको छ । सोही भजनमार्फत निर्देशक सुरज खनालले समेत अवार्ड जित्न सफल भएका छन् । यस उपलब्धिमा उनले निर्देशक खनालसहित आफ्नो टिम सदस्यहरू शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ, एरेन्जर विश्वास नेपाल, प्राविधिक टिम तथा निरंजन ठाकुर फिल्म निर्माता तथा युवा बवसाई आर के गोल्डकपको सिइओ तथा समाजसेवी साथै धुर्व बस्नेत सुपा देउराली भजनका बिशेष सहयोगी समेतको उपस्थिति रहेको र रेकर्डिङ स्टुडियोप्रति नेपाल खोज खबर मार्फत  आभार प्रकट गरेका छन् ।

खनालले दर्शक–श्रोता, पत्रकार, मिडिया, गुरुजन, परिवार र शुभेच्छुकको मायाले नै आफूलाई यहाँसम्म ल्याएको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् । साथै उनले अवार्ड निर्णायकमा बसेका आदरणीय सरहरू तथा बक्स अफिसका अध्यक्ष आर.के. सुवेदीलाई विशेष धन्यवाद दिएका छन् । सुवेदी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ६ पटक नाम लेखाउन सफल व्यक्तित्व समेत हुन् ।

‘सुपा देउराली भजन’ उत्कृष्ट भजनको श्रेणीमा पर्नु टिमकै सामूहिक प्रयास र भगवान रुपी दर्शक–श्रोताको आशीर्वाद भएको खनालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img