काठमाडौँ । नेपालका प्रमुख धार्मिक आचार्यहरूले हालैका आन्दोलनमा देखिएको हिंसा र आतङ्कवादप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण मार्गबाट राष्ट्रिय एकता र सद्भाव कायम गर्न आह्वान गरेका छन् ।
संयुक्तरूपमा जारी सन्देशमा उहाँहरूले सबै धर्मावलम्बीबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्धन गर्न जोड दिएका छन् । साथै, नेपालको सांस्कृतिक पहिचान जोगाउन हिन्दुराज्य पुनःस्थापनाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
सन्देशमा हस्ताक्षर गर्ने आचार्यहरूमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज, पीठाधीश, हरिहर संन्यास आश्रम ,श्री १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, पीठाधीश, गलेश्वर आश्रम श्री स्वामी देवराजाचार्य, अध्यक्ष, श्री वैष्णव परिषद् नेपाल श्री स्वामी अनन्तश्रीविभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज, चतारा धाम श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराज, पीठाधीश, महेश संन्यास आश्रम गुरु डा. चिन्तामणिनाथ योगी, संयोजक, विश्व ॐकार एकता महाअभियान समेत रहेका छन्। उहाँहरूले हिंसा र विभाजन होइन, सहिष्णुता, सद्भाव र साझा धार्मिक–सांस्कृतिक मूल्यको आधारमा देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।












