काठमाडौं । जेनजि आन्दोलनको क्रममा आगजनीमा परेको उपत्यका प्रहरी कार्यलय रानिपोखरीलाई लुम्बिनी तन्दुरी व्यावसायिक संघ काठमाडौको सहयोग गरेको छ ।
२०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा उपत्यका प्रहरी कार्यलय रानिपोखरी देशकै प्रसाशकिय भबन उपत्यका प्रहरी कार्यलयमा जहाँ २६४ जना कर्मचारीको खाना खाने मेस र क्यान्टिन पुर्ण रुपमा लुटपाट र आगजनीमा परेको भएकोले सो मेस सन्चालन गर्नको लागी चाहिने सम्पुर्ण सामाग्री लुम्बिनी तन्दुरी ब्यबसायि संघ काठमाडौले उपलब्ध गराएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सस्थाका अध्यक्ष रामप्रसाद पोखरेल लगाएत सम्पुर्ण संघका पदाधिकारी र सो कार्यलयका प्रमुखको रोहबरमा हस्तान्तरण गरिएको छ । सोही कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष रामप्रसाद पोखरेलले यस लुम्बिनी तन्दुरी ब्यबसायी संघले आपतबिपत भैपरी आउने ब्यक्ति लगाएत सस्थाहरुलाइ सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि सहयोग गर्ने व्यवसायी संघका सदस्य सागर पौडेलले जानकारी दिनुभयो ।













