२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार
spot_img

सुपादेउराली साँस्कृतिक समाज द्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

काठमाडौ । तिहारको अवसर पारेर अर्घाखाँची बाट आई काठमाडौंमा बसोबास गर्दै आएका संगितकर्मी साथीहरूको संगठन सुपा देउराली साँस्कृतिक समाज द्वारा काठमाडौंको विभिन्न ठाउँका देउसी भैलो खेलेर हाम्रो साँस्कृतिक पर्व तिहारमा संस्कृतिको जगेर्ना गर्दै रिति रिवाजलाई अगाल्दै संगितकर्मी टिमले तिहारलाई उत्सवको रुपमा मनाएका छन । विभिन्न भेष भुसामा सजिएका कलाकारहरुको प्रस्तुतिले देउसी भैलो कार्यक्रम मनमोहक देखिन्थ्यो ।

उक्त कार्यक्रममा देखिएका विभिन्न किसिमका पहिरन र बाजागाजा तथा फुलमालाले पनि यस भैलो टिमको आकर्षण बढेको थियो । देउसी भैलो सङ्गै अर्घाखाँची लगायत पश्चिम भेगमा खेलिने सोरोठी, मारुनी, ख्याली , कौडा र झ्याउरे गीत सङ्गै नृत्य प्रस्तुतिले गर्दा निकै रोमान्चक र मनमोहक दृश्य अबलोकन गर्नेहरुको उपस्थिति पनि बाक्लो देखिन्थ्यो । अर्घाखाँचीका समाजसेवी सुवास ज्ञवालीको समयोकत्वमा यसवर्षको देउसी भैलो सम्पन्न भएको हो । कलाकारको ब्यबस्थापनमा बरिस्ठ गायक मोतिराज खनाल हुनुहुन्थ्यो त्यसैगरी बाध्यबादनको ब्यबस्थापन बरिस्ठ कलाकार शिव शाहले गर्नुभएको थियो । नृत्य व्यबस्थपनको काम सन्जिला सुमित्रा, टेकराज पोख्रेलले गर्नुभएको थियो ।

सामाग्री ब्यबस्थापन तथा देउसी भैलोको व्यबस्थापन ऋषि भुसाल, सबिन खड्का, धुर्व बस्नेत, छबिलाल बेलबासे, चिरञ्जीवी खनाल, मुकुन्द भुसाल लगायतले समाल्नुभएको थियो । आर्थिक व्यबस्थापनको काम मुकुन्द घिमिरे, काशिराम घिमिरे, अनिल पौडेल , राजेन्द्र जिसी लगायतले गर्नुभएको थियो, देउसी भैलो भट्याउनेमा गायक तथा सर्जक मोतिराज खनाल हुनुहुन्थ्यो । त्यसैगरी गायकी तर्फ लोकप्रिय गायक मोतिराज खनालको संयोजकत्वमा गायिका पुष्पा शाह, गीता खनाल, किरण पन्थी, तारापती पोख्रेल, कोपिला देउजा, बिष्णु खनाल, राम प्रसाद पोख्रेल लगायत कलाकारहरुको दमदार प्रस्तुति रहेको थियो । त्यसैगरी बाध्यबादन कलाकार तर्फ शिव शाह, धुर्ब बस्नेत, किस्मत शाह हुनुहुन्थ्यो । नृत्य तथा मादल बादक तर्फ मारुनिमा छबिलाल बेलबासे, तिलका भुसाल, बाबुराम रायमाझी, कबिता भुसाल हुनुहुन्थ्यो, त्यसैगरी पुरुसिङ्गे नाचमा मुकुन्द भुसाल र राजेन्द्र जिसी हुनुहुन्थ्यो । नृत्य कलाकार कृष्टिना शाह, प्रमिता पोख्रेल, प्रबिना घिमिरे घिमिरे, अस्मिता पौडेल, कौसिला भुसाल, शिल्पा पाण्डे, साबित्रा भुसाल हुनुहुन्थ्यो ।

सहायक कलाकारहरु मधु पौडेल, धनेन्द्र बस्नेत, कृष्ण भुसाल, भानु खनाल, डि आर पोख्रेल, सन्तोष पन्थी, सौगात खनाल, आर एन पौडेल, कबिता भुसाल, शंकर न्यौपाने, जयराम पोख्रेल, गोबिन्द प्रसाद, नारायण प्रसाद घिमिरे, आशिष् पौडेल, हरी रायमाझी, सुमित राना मगर, एकराज भट्ट लगायत हुनुहुन्थ्यो । सुपादेउराली साँस्कृतिक समाजको देउसी भैलो सव्य र भव्यरुपमा सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img