काठमाडौँ, १७ मंसीर । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा संस्थागततर्फ सबैभन्दा बढी कर तिरेको भन्दै ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताललाई सम्मान गरेको छ ।
टोखा नगरपालिकाले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारेर मंगलबार नगरपालिकामा आयोजित एक समारोहका बीच संस्थागततर्फ सबैभन्दा धेरै कर तिरेको भन्दै उक्त अस्पताललाई सम्मान गरेको हो । ग्राण्डी अस्पतालले आर्थिक वर्ष २०८१÷८२ मा टोखा नगरपालिकालाई रु २४ लाख ८२ हजार ५०४ कर तिरेको थियो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पतालले संस्थागत तर्फ सबैभन्दा बढी कर तिरेर नगरपालिकाको विकास तथा निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिनुभयो । विस २०६९ सालमा स्थापित ग्राण्डीले समुदायप्रति समर्पित रहँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दे आइरहेको छ ।













