नेत्र बन्धु पोखरेलको शब्द संकलनमा ‘नाच्ने आजै हो’ बोलको तीज गीत सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • गायिका मनमाया वाइवाको स्वरमा ‘नाच्ने आजै हो’ तीज गीत सार्वजनिक भएको छ।
  • गीतमा मौलिकता र संस्कृतिलाई प्राथमिकता दिँदै परम्परागत भाका समावेश गरिएको छ।
  • सर्जकहरूले यस गीतले नेपाली मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने विश्वास लिएका छन्।

काठमाडौँ, १० साउन । गायिका मनमाया वाइवाको स्वरमा रहेको ‘नाच्ने आजै हो’ बोलको तीज गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ।

नेत्र बन्धु पोखरेलको शब्द संकलनमा तयार भएको उक्त गीतमा शेषनारायण पोखरेलको संगीत रहेको छ। तीज पर्वलाई लक्षित गर्दै निर्माण गरिएको गीतले परम्परागत भाका र मौलिक शब्दमार्फत दर्शक–श्रोताको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्र बन्धु पोखरेल, कमला पोखरेल र डा. बिदुर बस्तीको अभिनय देख्न सकिन्छ। सुरज खनालको निर्देशन रहेको भिडियोमा नबिन पौडेलले कोरियोग्राफी गरेका छन्।

सार्वजनिक कार्यक्रममा बोल्दै सहभागी अतिथिहरूले पछिल्लो समय तीज गीतका शब्दमा विकृति र नृत्यमा अश्लीलता बढ्दै गएको सन्दर्भमा यस गीतले भने मौलिकता, सन्देश र संस्कृतिलाई प्राथमिकता दिएको बताएका छन्। उनीहरूले गीत सुन्दा र भिडियो हेर्दा सकारात्मक अनुभूति मिल्ने प्रतिक्रिया दिएका छन्।

तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक गरिएको ‘नाच्ने आजै हो’ गीतले नेपाली मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने विश्वास निर्माण पक्षले लिएको छ।

पुरा भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

मकै जोगाउन अर्घाखाँचीमा २६ जना बाँदर हेरालु नियुक्त

वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

एक खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img