नेप्से घटेर २६८८ विन्दुमा, ४ अर्ब २ करोडको सेयर किनबेच

समाचार सारांश
Auto Generated by AI
  • नेप्से परिसूचक ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ।
  • दैनिक कारोबार रकम घटेर ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।
  • अधिकांश समूहगत सूचक घट्दा १८६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ । बुधबारको बजारमा ७८ कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको घट्यो भने ११ कम्पनीको स्थिर रह्यो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोडको सेयर किनबेच भयो । बुधबार धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर अगाडि रहेका छन् ।
सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेकाे छ । अन्य समूह ०.४३ प्रतिशत बढ्यो भने अरु घटेका छन् । बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार ०.०१ प्रतिशत घटेका छन् ।

यस्तै, मातृभूमि लघुवित्तको मूल्य ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो भने एभरेस्ट कलर कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५, मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

१५ दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

लुम्बिनीमा १२ मन्त्रालय घटाएर ८ बनाइयो, कुन मन्त्रालय कता ?

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img