विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति १३ औँ पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।
  • पशुपतिनाथ मन्दिर परिसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १५०० दीप प्रज्वलन गरियो।
  • विभिन्न धार्मिक संघसंस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रबुद्ध व्यक्तिहरूको उपस्थिति थियो।

काठमाडौँ । गत भाद्र १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति १३ औँ पुण्यतिथिको दिन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै श्रीराष्ट्रदेव पशुपतिनाथ मन्दिरमा नेपाल ज्योतिष परिषद् लगायत विभिन्न धार्मिक संघसंस्थाहरुको आयोजनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ ।

दिवंगत आत्माहरुको चिरशान्तिको कामना तथा सद् गतिको कामना गर्दै करिब १५०० दिप प्रज्वलन गरिएको कार्यक्रम व्यवस्थापन समूहका पण्डित लेखनाथ न्यौपानेले जानकारी बताउनुभयो ।

उक्त कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अस्मिता भण्डारी, राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराई, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका उपाध्यक्ष डा.अम्बिका शर्मा लामिछाने, नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपालका सभापति अरुणकुमार पाण्डे लगायत विभिन्न धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल ज्योतिष परिषद् सहित विश्व हिन्दु महासंघ, विश्व ज्योतिष महासंघ, दक्षिण एसियालि ज्योतिष महासंघ, राष्ट्रिय धर्मसभा नेपाल, नेपाल पुरोहित संघका लगायतका विभिन्न धार्मिक संघसंस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको परिषद्का केन्द्रीय सचिव आचार्य शिवलाल पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

बाढीपीडितका लागि नेपाल ज्योतिष परिषद्को २,२३,१४३।– रकम सहयोग

अर्घाखाँचीबाट बाढीपिडितलाई आर्थिक सहयोग

आज प्रतिनिधिसभाको बैठक बस्दै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img