
- नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृह बुकिङ गरेको छ।
- आगामी असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि उक्त स्थान बुक गरिएको हो।
- महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र दुई पक्षबीच फरक मत देखिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ।
मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाएर बुकिङ गरेका हुन्। दुलालले पठाएको चलानी नम्बर १०२९ को पत्रमा प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा उपलब्ध गराउन अनुरोध गरिएको छ।
पत्रमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गर्न भनिएको छ। महाधिवेशनका लागि कांग्रेसले आउँदो असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि बुकिङ गरेको हो।
सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बठकले आउँदो असोज १५ देखि २० गतेसम्म १५औं महाधिवेशन गर्ने तय गरेको थियो। संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यातालिका सार्वजनिक गरेको छ।















