सुदूरपश्चिम त साँच्चै नै ‘दूर’ रहेछ: भौगोलिक विकटताले भन्दा चेतनाको स्तरले!

समाचार सारांश
Auto Generated by AI
  • परम्पराका नाममा तर्कहीन अन्धविश्वास र देखासिकी पछ्याउने प्रवृत्तिको अन्त्य गर्दै व्यावहारिक तथा मानवीय विवेक प्रयोग गर्नुपर्छ।
  • भौगोलिक विकटता भन्दा पनि चेतना र करुणाको अभाव आजको समाजको मुख्य चुनौती बनेको छ।
  • संस्कृतिको नाममा गरिने अमानवीय बलिप्रथा र जीवप्रतिको क्रूरतालाई रोक्दै समयसापेक्ष सुधार गर्नु अपरिहार्य छ।

नवराज पन्थी, रेनपा ४ गुल्मी ।
“भौगोलिक रूपमा सुदूर हुनु प्रकृतिले दिएको बाध्यता होला, तर चेतना, करुणा र मानवीय विवेकमा विकट हुनु सोच्नै नसकिने विडम्बना हो।”
हाम्रो समाजमा एउटा चर्चित कथा छ— बाबुले श्राद्ध गर्दा घरको बिरालोले दुख नदेओस् र उपद्रव नगरोस् भनेर ढोकामा थुन्ने गर्थे । बाबुको निधनपछि छोराले पनि “श्राद्ध गर्दा बिरालो थुन्नैपर्छ” भन्ने ठानेर जहाँबाट भए पनि बिरालो खोजेर थुन्न थाल्यो । न त वेदले यो भन्यो, न त धर्मशास्त्र वा कर्मकाण्डले । केवल ‘देखेको भरमा’ चलेको त्यो अभ्यास पुस्तान्तरण हुँदै एउटा बाध्यकारी परम्परा बन्यो। आज हाम्रो समाजमा धर्म र संस्कृतिका नाममा यस्ता धेरै अभ्यासहरू भइरहेका छन्, जसको न कुनै शास्त्रीय आधार छ, न त व्यावहारिक औचित्य । “कागले कान लग्यो” भन्दैमा आफ्नै कान नछामी कागको पछि दगुर्ने हाम्रो परिपाटी अझै मेटिएको छैन। आगो निभाउन पानी छ्याप्नुपर्ने ठाउँमा मट्टितेल खन्याएर शान्तिको अपेक्षा गर्नु मुर्खताबाहेक केही हुन सक्दैन ।

यही चेतनाको विकटता र अन्धविश्वासको जालोबीच सुदूरपश्चिम र कर्णालीका बौद्धिक व्यक्तित्व तथा नेताहरूको एउटा गम्भीर भनाइले सधैँ घच्घचाउँछ— “हाम्रो प्रदेशको नाम नै ‘सुदूर’ राखियो, जसले मानसिक र भौगोलिक रूपमा हामीलाई अझ पछाडि पार्यो।” शिक्षा, स्वास्थ्य, रोजगारी र यातायातजस्ता आधारभूत मानव अधिकारबाट यो क्षेत्र सधैँ ओझेलमा पार्दै आइएको छ। विगतमा कर्णालीमा बिजुली नपुग्दा नेपाल सरकारले ‘देशभर विद्युतीकरण भयो’ भनी दाबी गर्दा, त्यहाँका एक नेताले आक्रोशित हुँदै सोधेका थिए— “के कर्णाली नेपालभित्र पर्दैन र?” त्यसपछि मात्र हतार-हतार बिजुली पुर्‍याइयो। विकासको पहुँचका लागि यस्ता तीतो आवाज उठाउनुपर्ने बाध्यता ती क्षेत्रको नियति बन्दै आएको छ। तर, विडम्बना के छ भने भौगोलिक विकटताभन्दा पनि भयानक रूपमा मानवीय चेतना, ज्ञान र विवेकमा विकटता देखिनु आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।

परम्पराका नाममा गरिने अमानवीय क्रूरताको अर्को पाटो मेला-पर्वमा देखिने बलिप्रथा हो। हाम्रा संस्कृति र चाडपर्वमा बलिप्रथाका आआफ्नै धार्मिक व्यवस्था तथा शास्त्रीय विधिहरू छन्। बलि दिनु वा माछा-मासु खानु कसैको सांस्कृतिक रोजाइ वा व्यक्तिगत विषय हुन सक्छ, यसमा कसैको विमति नरहला। तर, कुनै पनि धर्मशास्त्रले जीवलाई तड्पाई-तड्पाई, अङ्गभङ्ग गरेर वा चौतर्फी चोटै-चोट पुर्याउँदै क्रूर ढङ्गले मार्न अनुमति दिएको छैन। शास्त्रीय मान्यताअनुसार बोका वा राँगाको बलि दिँदा एकै प्रहारमा प्राणान्त हुनुपर्छ। यदि एकपटकमा बलि हुन नसकेमा वा मार हान्न गल्ती भएमा त्यसलाई अक्षम्य मान्दै क्षमा-पूजा गरी नरिवलको बलि दिने स्पष्ट विधान छ ।

तर आजभोलि परम्परा र मेला-पर्वका नाममा जीवलाई रेटेर, कुटेर र तड्पाएर काट्ने जुन आसुरी स्वभाव र क्रूरता प्रदर्शन गरिन्छ, त्यो कुनै पनि हालतमा धार्मिक कार्य हुन सक्दैन। म स्वयं शाकाहारी भएर मात्र होइन, एउटा संवेदनशील मानवको नाताले सोच्दा पनि धर्म र बलिको नाममा जीवहरूलाई तड्पाई-तड्पाई दुःख दिएर मारिनु ठूलो अपराध र अक्षम्य पाप हो। एक्काइसौँ शताब्दीको यो आधुनिक युगमा सामाजिक सञ्जालमा भाइरल हुने त्यस्ता अमानवीय दृश्यहरूले संवेदनशील मुटुहरू काम्ने गरेका छन्। यदि बलि दिनैपर्ने हो भने पनि, जीव फुस्किन नपाउने गरी सुरक्षित र सरल तरिकाले गरियोस्, ताकि उसलाई असह्य पीडा र अप्ठ्यारो नहोस्। यसरी निर्दयी तरिकाले जीव मार्नेहरू हत्याराभन्दात्तिसैमा भिन्न छैनन्।
जसरी समाजका लागि अनुपयुक्त र अमान्य हुँदा ‘सतीप्रथा’जस्ता क्रूर कुप्रथाहरूलाई समयक्रममा हटाइयो, त्यसरी नै संस्कृतिमाथिको कलङ्क बनेका यस्ता विध्वंसकारी र हिंसात्मक अभ्यासहरूलाई सुधार्नु आजको अपरिहार्य आवश्यकता हो। हाम्रो भूगोल सुदूर होला, तर चेतना, करुणा र मानवीय धर्म कहिल्यै सुदूर हुनु हुँदैन। परम्परा र संस्कारको संरक्षण अवश्य गरौँ, तर अमानवीय र दानवीय तरिकाले होइन ।

हाम्रा परम्परा र संस्कृतिलाई जोगाउँदै गर्दा त्यसमा भित्रिएका यस्ता क्रूर र अमानवीय विकृतिहरूलाई हटाउनु र समयसापेक्ष सुधार गर्नु आजको प्रमुख आवश्यकता हो । बलि दिनुहोस्, माछा-मासु खानुहोस्— यसमा मेरो कुनै विरोध छैन। तर, जीवलाई तड्पाइ-तड्पाइ क्रूर ढङ्गले नमार्नुहोस्। खाना पाइन्छ, परम्पराअनुसार चल्न पनि सकिन्छ, तथापि यसरी आसुरी स्वभाव र हिंसा प्रदर्शन गर्नु कदापि शोभनीय हुँदैन। परम्परा र संस्कारको संरक्षण गर्नुहोस्, तर अमानवीय तरिकाले होइन। समाजमा कलङ्क बनेका यस्ता विध्वंसकारी र क्रूर अभ्यासहरूलाई सुधार्नु जरुरी छ। यसरी निर्दयी तरिकाले जीव मार्नेहरू हत्याराभन्दा भिन्न छैनन् ।

सुदूरपश्चिमवासी तथा हामी सबैमा साँचो बुद्धत्व, करुणा र विवेकको चेतना जागोस्— मानव बन्नुस्, दानव नबन्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

गाउँदेखि सहर, सहरदेखि फेरि गाउँसम्मको जीवनकथा बोकेको ‘जिन्दगी’ गित बजारमा (भिडियो)

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img