राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा, सम्मेलन ऐतिहासिक हुने आयोजकको दाबी

दाङ । दाङको घोराहीमा भोलिदेखि सुरु हुने १८औं राष्ट्रिय ज्योतिष सम्मेलनको तयारी पूरा भएको छ । बुधबार घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक नेपाल ज्योतिष परिषद्ले सम्मेलनको बारेमा जानकारी गराएको छ। उक्त सम्मेलनको सबै तयारी पुरा भएको र उद्घाटन नेपाल सरकारका सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

नेपालभित्र रहेका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुलाई संगठित गरि ज्योतिष वास्तु तथा कर्मकाण्ड पेसालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरूको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्यौल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

ज्योतिषीय परामर्श जन्मदेखि मृत्युपर्यन्त सबैलाई आवश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने संस्थाको उद्देश्य अनुसार नै संस्थाको संगठन सुदृढीकरण र विस्तारका लागि २५ औं वार्षिक साधारणसभा तथा १८ औं राष्ट्रिय ज्योतिष, वास्तु तथा अध्यात्म सम्मेलन २०८० को आयोजना गरिएको छ।

नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश समितिले विभिन्न सृजनात्मक कार्य गर्नुका साथै अत्याधुनिक सभाहल, विद्युतीय पुस्तकालय, वेधशाला, ग्रहवाटिका, ज्योतिष प्रवर्तकहरुको मुर्ति समेत स्थापना गरि सुविधासम्पन्न भवन निर्माण गर्ने प्रशंसनीय कार्य गरेकोले सो कार्यलाई प्रोत्साहन गर्न स्वर्गद्वारी महाप्रभुको क्रिडास्थल लुम्बिनी प्रदेशको सुन्दर नगरी घोराही दाङमा यो कार्यक्रम आयोजना गरिएको हो ।

उद्घाटन समारोहमा सञ्चार तथा सुचना प्रविधि मन्त्री माननीय रेखा शर्मा प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल विशिष्ट अतिथि रहने बताइएको छ । त्यसैगरी समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्की, वास्तु सत्रका प्रमुख अतिथि घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी रहने बताइएको छ । सम्मेलनमा कार्यपत्र प्रस्तोता उपप्रा.कपिलदेव सुवेदी, वैदिक वास्तु विषयक ई. लक्ष्मीप्रसाद सोती वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक कार्यपत्र प्रस्तोता प्राडा अर्जुन प्रसाद भट्टराई, ज्योतिषमा विद्या र सन्तान विचार विषयक प्रा. प्रेमकुमार आचार्य संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत हुनुका साथै नेपाल ज्योतिष परिषद् केन्द्रिय समितिको मुखपत्र ज्योतिष सन्देशसमेत लोकार्पण हुने आयोजकले जनाएको छ । विभिन्न विषयहरूलाई दुइदिने कार्यक्रममा समेटिने भएकाले सम्मेलन ऐतिहासिक हुने बताइएको छ ।

सम्मेलनमा अर्घाखाँची अर्घाको गन्धर्भ नृत्य, दाङको ज्येष्ठ नागरिक आरति भजन, ज्योतिषीय गितमा नृत्य र अन्य विभिन्न नृत्य, गायन तथा प्रस्तुतिहरु रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img