लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

समाचार सारांश
Auto Generated by AI
  • गायक मोतिराज खनाल लगायतको स्वरमा रहेको नयाँ तीज गीत कम्मरु भाँचम्ला सार्वजनिक भएको छ।
  • वरिष्ठ कलाकार उत्तम केसीले एक कार्यक्रमका बीच सो गीतको म्युजिक भिडियो विमोचन गर्नुभयो।
  • शिवजी क्षेत्रीको निर्देशन रहेको भिडियोमा विभिन्न कलाकार र चेलीहरूको सामूहिक अभिनय देख्न सकिन्छ।

काठमाडौं । गायक मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वरमा रहेको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ ‘इन्द्रेणी’मा विमोचन गरिएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसीले गीतको भिडियोको विमोचन गर्नुभएको हो ।

मोतिराज खनालको संगीत तथा किरण पन्थी र खनालको शब्द रहेको गीतमा लक्षु प्रकाश मल्लको संगीत संयोजन र कृष्ण बाजुरालीको रेकर्डिङ तथा मिक्सिङ छ । शिवजी क्षेत्रीको निर्देशन तथा नृत्य निर्देशन रहेको गीतको भिडियोमा भुवन के. पोख्रेल, जुना कार्की, भगवान् भण्डारी, रेणुका बराललगायत कलाकारसँगै विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिता छ ।

बैकुण्ठ महत र रेखा पोख्रेलको स्वरमा सजिएको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’मा भव्य रूपमा विमोचन गरिएको छ।

श्रावण २५ गते गायक मोतिराज खनालको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित भई गीतको औपचारिक विमोचन गर्नुभएको हो। कार्यक्रमको उद्घोषण समाजसेवी तथा अभियन्ता विशाल मिश्रले गर्नुभएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

भिडियो सहित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

शब्द, शास्त्र र विज्ञानको संगम : ‘शब्दशास्त्रविज्ञानम्’ को लोकार्पण

५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img