रजत महोत्सव २०८० को उद्घाटन उपप्रधानमन्त्री खड्काले गर्ने

काठमाडौँ । नेपाल ज्योतिष परिषद्को रजत महोत्सव -२०८० को उद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले गर्ने भएका छन् ।

२०५५ साल पौष २४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँ डा.लोकराज पौडेलको अध्यक्षतामा दर्ता भै हालसम्म विभिन्न आरोह अवरोहहरु पार गर्दै २५ वर्षमा रहेको नेपाल ज्योतिष परिषद्ले आगामी पौष २४ गते काठमाडौँको बागबजार रहेको होटल हार्दिकमा रजत महोत्सव -२०८० समारोह हुने महोत्सव आयोजक समिति संयोजक एवम् परिषद्का उपाध्यक्ष आचार्य सन्तोष वाशिष्ठले जानकारी दिएका छन् ।

परिषद्ले हालसम्म ७० भन्दा बढी जिल्ला समिति, ७ प्रदेश समिति, उपत्यका समिति, विभिन्न जिल्लाहरुमा एकाइ समिति र विभागीय समितिहरु मार्फत आफ्ना कामहरू अघि बढाइरहेको छ । साथै पुर्वको इटहरी, मधेसको कलैया, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र घोराहीमा र काठमाडौँमा विभिन्न समयमा  राष्ट्रिय सम्मेलनहरु गरिसकेको परिषद्का महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

रजतमहोत्सवका अवसरमा परिषद्ले स्थापनाकालदेखि हालसम्म संस्थालाई विभिन्न माध्यमबाट योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गर्ने केन्द्रीय अध्यक्ष एवम् सम्मान छनोट समितिका संयोजक माधवराज पाण्डेले जानकारी दिनुभयो । साथै रजत महोत्सव सम्पन्न गर्नका लागी आचार्य सन्तोष वाशिष्ठको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति पनि गठन भएको छ । जसको सदस्यहरुमा लेखनाथ न्यौपाने, कमल प्रसाद काफ्ले, लिलाराज शर्मा, वेदराज पन्त, प्राडा अर्जुनप्रसाद भट्टराई, भुपेन्द्रराज घिमिरे, यामप्रसाद पौडेल, घनश्याम चापागाईं, लक्ष्मण पन्थी, खिलनाथ काफ्ले, सुदर्शन पौडेल, शिवलाल पौडेल, अग्निराज पौडेल र नारदमणी न्यौपाने रहनुभएको उपमहासचिव लिलाराज शर्माले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, कार्यकारी निर्देशक सुर्यप्रसाद ढुंगेल, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, प्राडा देवमणी भट्टराई, प्राडा धनेश्वर नेपाल लगायत विशिष्ट विद्वान्हरुको उपस्थिति रहने आयोजक समितिका सदस्य शिवलाल पौडेलले जानकारी दिनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img