बाबा एडभेन्चरद्धारा काठमाडौँ–सुनौली रात्रीकालिन पर्यटक बससेवा सुरु

काठमाडौँ, २० पुस । बाबा एडभेन्चर टुर एण्ड ट्राभलले काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु गरेको छ । सन् २००९ बाट पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएको बाबा एडभेन्चरले अंग्रेजी नयाँवर्ष सन् २०२४ लाई लक्षित गरी नयाँ सोफासहितको पर्यटक बसमार्फत सेवा सुरु गरेको हो । उक्त बसले रात्रीकालिन सेवा प्रदान गर्नेछ ।

सो बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट साँझ ७.३० बजे सुनौलीका लागि छुट्नेछ । उक्त कम्पनीले यसअघि काठमाडौँबाट मुलुकको प्रमुख पर्यटकीय गन्तव्यस्थल पोखरा र चितवनको सौराहमा सोफावाला बसमार्फत सेवा प्रदान गर्दै आएको थियो ।

बाबा एडभेन्चरका सञ्चालक प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु गरेको बताउनुभयो । उहाँले नेपालमा पर्यटक बोक्न धेरै बस भित्रिएपनि बाटोको दुरावस्थाका कारण व्यवसायीलाई समस्या भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img