आन्दोलनमा होमियो राप्रपा, चैत २६ गते काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंको एक प्यालेसमा बसेको आन्दोलन मूल समितिको बैठकले यस्तो निर्णय लिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ । त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

‘२६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाउने निर्णय भएको छ,’ लिङ्देनले भने । यस्तै, राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा सबैले गर्ने आन्दोलनमा राप्रपाले समर्थन गर्ने पनि उनले बताए ।

‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि त्यो शान्तिपूर्ण हुुनुपर्‍यो त्यसमा समर्थन गर्ने,’ लिङ्देनले भने ।आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गरिएको उनले जानकारी गराए । ‘आजबाट राप्रपा पूर्ण रुपमा आन्दोलनमा होमियो,’ लिङ्देनले भने ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामा घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img