नेप्से १३ अंकले घट्यो, ४ अर्ब ६२ करोडको कारोबार

समाचार सारांश
Auto Generated by AI
  • बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ।
  • बजार घटे पनि कारोबार रकम बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।
  • व्यापार बाहेकका सबै समूह घटेका छन् भने जलविद्युत् समूहको कारोबार उच्च छ।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा ६४ कम्पनीको मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनीको स्थिर रह्यो ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने केही बढेको छ । बुधबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६२ करोडको सेयर किनबेच भयो । बिहीबार धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावर अगाडि रहेका छन् ।

बिहीबार व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहगत सूचक ०.५९ प्रतिशत बढ्यो । समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ४७ करोडको कारोबार भयो । अपर लोहोरेखोलाको मूल्य बिहीबार १५ प्रतिशत बढ्यो । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढ्यो ।

यस्तै,  स्नो रिभर फल्सको ५.००, जोशी हाइड्रोपावरको ४.७० तथा कृषि विकास बैंकको मूल्य ३.५० प्रतिशत घट्यो । बैंकिङ ०.८४, विकास बैंक ०.३८, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.४६, जलविद्युत् ०.३८, लगानी ०.३०, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.७३, अन्य ०.२८ प्रतिशत मूल्य घट्यो । त्यस्तै वाणिज्य बैंकहरुको ४९ करोड ८२ लाख, विकास बैंकहरुको ३१ करोड, फाइनान्सहरुको २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

नेपाल ज्योतिष परिषद् ललितपुरको अध्यक्षमा पुनः राजोपाध्याय

अर्घाखाँची पाली रूपन्देही सम्पर्क समाजद्वारा ५१ युनिट रक्तदान, प्रशंसा–पत्रबाट सम्मानित

अदालतले म्याद थप्न मानेन, एक दिनमै छुटे दुर्गा प्रसाईँ

हप्ताको पहिलो कारोबार सोमबार सामान्य अंकले घट्यो सेयर बजार

बनेपामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img