क्यानडामा पहिलोपटक गंगा आरती आयोजना

समाचार सारांश
Auto Generated by AI
  • क्यानडाको ओटवामा नेपाली समुदायले पहिलो पटक रिड्यु नदी किनारमा सन्ध्याकालिन गंगा आरती आयोजना गरेका छन्।
  • नेपालको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस वर्ष सामूहिक रक्षाबन्धनसँगै आरती गरिएको हो।
  • विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले नेपालीहरूबीच एकता बढाउनुका साथै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरणमा मद्दत पुर्‍याएको छ।

क्यानडा ।  जनैपूर्णिमाका अवसरमा क्यानडास्थित ओटवामा रहेका नेपाली समुदायले पहिलो पटक प्रसिद्ध रिड्यु नदीको किनारमा सन्ध्याकालिन आरती आयोजना गरे। विगत ५ वर्षदेखि जनैपूणिर्मा संचालन समितीद्वारा सामूहिक रुपमा रक्षावन्धन तथा जनै फेर्ने कार्यक्रम सन्चालन गरिँदै आएकोमा यस वर्ष नेपालमा भएको प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको आत्माशान्तिको कामना सहित संकट मोचनको उद्देश्यले सन्ध्याकालिन गंगा आरती समेत थप गरिएको हो।

नेपालबाट आउनुभएका ज्योतिष तथा वास्तुविद डा. बाशुदेव कृष्ण शास्त्री, आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडी तथा क्यानडामै रहनुभएका चर्चित भजन गायक तथा संगीतकार पन्डित धर्मदाश शास्त्री सहित पूजा आयोजना गरिएकाले कार्यक्रम थप आकर्षित बनेको थियो। पन्डित शास्त्रीको अगुवाइमा उहाँका परिवारले प्रस्तुत गरेको भजन र सांगीतिक आरतीले कार्यक्रमका सहभागीहरू भक्तिभावमा डुबेका थिए। डा. शास्त्रीले नेपालको पाशुपत क्षेत्र लगायत विभिन्न नदी तटमा सुरु गरिएको गंगा आरतीले धार्मिक तथा संस्कृति जागरण ल्याएको स्मरण गर्दै क्यानडामा पनि निरंतरता दिन सुझाब दिनुभयो । आपसका अध्यक्ष दवाडीले आध्यात्मिक चेतनाले नैतिक जागरण ल्याउने हुँदा अबको पुस्तालाई धार्मिक तथा सांस्कृतिक ज्ञान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चर्चित चिकित्सक डा. विशाल ज्ञवाली, ओटोवा युनिभर्सिटीका प्राध्यापक तथा अनुसन्धाता डा. भानुभक्त आचार्यले सामूहिक कार्यक्रमले नेपालीहरूमा एकता बढ्ने र नयाँ पुस्ताले पनि परम्परा सिक्दै जाने धारणा राख्नुभयो। डिल्लीराम पौडेल तथा इशा पौडेल भट्टराईले विगत ५ वर्ष यता यस कार्यक्रमको आयोजना तथा ब्यबस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विपद्‍मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : गगन थापा

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

“डिर्भनामा स्वास्थ्यको उत्सव : निःशुल्क शिविरमा ५०० जनाले लिए सेवा”

सुमन र आशा मेरो माया जुनीभरीलाई भन्दै नाच्दै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img