मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार ज्ञवाली

समाचार सारांश
Auto Generated by AI
  • मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन्।
  • बुटवलमा सम्पन्न २७ औं साधारणसभाले कृष्ण प्रसाद

भैरहवा । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको सभापतिमा पत्रकार कपिल ज्ञवाली निर्वाचित भएका छन् ।

बुटवलमा आइतबार सम्पन्न समाजको २७ औं जिल्ला साधारणसभाले ज्ञवालीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको उपसभापतिमा कृष्ण प्रसाद पाण्डे, सचिवमा लीलाधर लुइँटेल, सह–सचिवमा सीता पौडेल र कोषाध्यक्षमा मोहनीलाल न्यौपाने निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा अर्जुन बहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली र सीता पोख्रेल निर्वाचित भएका छन् । त्यसैगरी गंगा गैरेलाई सदस्यमा मनोनयन गरिएको छ । बाँकी दुई सदस्य नयाँ कार्यसमितिको बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

नयाँ कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिको संयोजकमा समाजका पूर्वसभापति कृष्ण भट्टराई (खिमप्रसाद) रहेका थिए । समितिको सदस्यमा तेजेन्द्र के.सी. र सरोज गौतम रहेका थिए ।

नवनिर्वाचित सभापति ज्ञवालीले मानव अधिकारको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै शान्ति, लोकतन्त्र, सामाजिक न्याय तथा नागरिक स्वतन्त्रताका पक्षमा संस्थागत रूपमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मानव अधिकारका सवालमा नागरिकलाई सचेत बनाउने, अधिकार हननका घटनामा आवाज उठाउने तथा समाजमा शान्ति, सद्भाव, समानता र न्यायपूर्ण वातावरण निर्माणका लागि संस्थालाई थप क्रियाशील बनाउने बताए ।

मानव अधिकार, लोकतन्त्र र अहिंसाको पक्षमा वकालत गर्दै आएको समाजले रुपन्देहीमा पनि मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, नागरिक अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यसमितिको कार्यकाल दुई वर्षको रहने निवर्तमान जिल्ला सभापति अर्जुन ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

राष्ट्रिय महिला ज्योतिष संघको अध्यक्षमा पुन: जोशी सर्वसम्मत

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img