गाउँदेखि सहर, सहरदेखि फेरि गाउँसम्मको जीवनकथा बोकेको ‘जिन्दगी’ गित बजारमा (भिडियो)

समाचार सारांश
Auto Generated by AI
  • गायक शेषनारायण पोख्रेलको नयाँ सांगीतिक कोशेली जिन्दगी सार्वजनिक भएको छ।
  • गीतमा गाउँको संघर्ष, सहरको बसाई र विदेशिएको सन्तानको यथार्थ कथा समेटिएको छ।
  • माटो र जन्मभूमिको महत्त्वलाई गीतले भावनात्मक रूपमा चित्रण गरेको छ।

घनश्याम पौडेल
अर्घाखाँची, १५ कात्तिक । गायक तथा सर्जक शेषनारायण पोख्रेलको नयाँ सांगीतिक कोशेली ‘जिन्दगी’ सार्वजनिक भएको छ। गाउँको माटो, सहरको संघर्ष, परिवारप्रतिको जिम्मेवारी र बदलिँदो पुस्ताको विदेशमोहलाई समेटेर तयार पारिएको गीतले नेपाली समाजको यथार्थ जीवनकथालाई उजागर गरेको छ।

‘जिन्दगी’ गीतमा गाउँघर छोडेर अवसर र उज्ज्वल भविष्यको खोजीमा सहर पस्ने नेपालीहरूको कथा समेटिएको छ। सहरमा बसेर अनेक दुःख, कठिनाइ र संघर्ष गर्दै आफ्ना छोराछोरीलाई राम्रो शिक्षा तथा भविष्य दिने सपना देख्ने आमाबुबाको भावनालाई गीतले प्रस्तुत गरेको छ।

तर, अभिभावकले दुःख गरेर हुर्काएका छोराछोरी स्वदेशमै बस्न नचाहेर विदेशिने अवस्था, सहरमा लामो समय बिताएपछि फेरि आफ्नै गाउँघर, जन्मभूमि र माटोको सम्झनाले सताउने मनोभावलाई पनि गीतमा समेटिएको छ। अन्ततः गाउँ फर्किएर आफ्नै ठाउँमा रमाउन चाहने जीवनको अर्को पाटोलाई गीतले भावनात्मक रूपमा चित्रण गरेको छ।

गीतले गाउँ छोड्नुपर्ने बाध्यता, सहरमा गर्नुपर्ने संघर्ष, सन्तानप्रतिको अभिभावकीय त्याग र अन्त्यमा आफ्नै जन्मभूमिमा फर्किने चाहनालाई एउटै जीवनकथामा जोडेको छ। अहिलेको नेपाली समाजमा धेरै परिवारले भोगिरहेको यथार्थसँग गीतको विषयवस्तु नजिक देखिन्छ।

शेषनारायण पोख्रेलले यसअघि ‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ गीतमार्फत आफ्नो जन्मभूमि अर्घाखाँचीको पहिचान, माया र महत्त्वलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरिसकेका छन्। नयाँ गीत ‘जिन्दगी’ मा पनि गाउँ, जन्मभूमि र आफ्नो माटोप्रतिको आत्मीयतालाई सांकेतिक रूपमा जोडिएको छ।

पोख्रेल लोकगीतभन्दा पनि भजन गायन र सृजनामा बढी रुचि राख्ने बताउँछन्। भजन गायन तथा सिर्जनामा विशेष लगाव भए पनि समाज, जीवन र समयका कथालाई गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले आफूले फरक विषयवस्तुमा पनि सिर्जना गर्दै आएको उनको भनाइ छ।

‘जिन्दगी’ केवल मनोरञ्जनका लागि तयार पारिएको गीत मात्र नभई गाउँबाट सहर पुगेका, सहरमा संघर्ष गरेका, सन्तान विदेशिएको पीडा भोगेका र अन्ततः आफ्नै गाउँ फर्किने चाहना राख्ने नेपालीहरूको साझा अनुभूति समेटिएको सांगीतिक प्रस्तुति हो।

गीतमार्फत पोख्रेलले जीवनको वास्तविकता, पारिवारिक जिम्मेवारी, गाउँप्रतिको माया र जन्मभूमिको महत्त्वलाई श्रोतामाझ पुर्‍याउने प्रयास गरेका छन्।

गीतका शब्द, संगीत र स्वर स्वयं शेषनारायण पोख्रेलको रहेको छ। हेमराज डाँगीले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका छन्। महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको कथा तथा निर्देशन सूरज खनालले गरेका हुन्।

गीतको भिडियोमा शेषनारायण पोख्रेल, कमला पोख्रेल, सुरज पोख्रेल, विकास पोख्रेल र कल्पना पोख्रेल मुख्य कलाकारका रूपमा देखिएका छन्। उनीहरूका साथै शोभाकर खनाल, यदुनाथ पोख्रेल, कपिल पोख्रेल, मिनराज पोख्रेल, मिनकला पोख्रेल, काशीराम पोख्रेल, प्रमिला पोख्रेललगायत चार दर्जनभन्दा बढी कलाकारको सहभागिता रहेको छ।

भिडियोको छायांकन सागर खड्काले गरेका हुन् भने सम्पादन तथा कलर विनोद बमले गरेका छन्। मेकअपमा विश्वराम केसी, ड्रोनमा हरिप्रसाद पोख्रेल, लाइटमा रमेश ओली, साउन्डमा उज्ज्वल थापा र प्रोडक्सन म्यानेजरमा सुमन खनाल रहेका छन्। भिडियोको सिद्ध गोपाल पाणिनी युटुव च्यानलबाट बजारमा आएको हो ।

भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

सुदूरपश्चिम त साँच्चै नै ‘दूर’ रहेछ: भौगोलिक विकटताले भन्दा चेतनाको स्तरले!

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img