रुसको कब्जामा रहेका युक्रेनका चार क्षेत्रमा जनमत–संग्रह सुरु

रुसको नियन्त्रणमा रहेका युक्रेनी भूमिलाई रुसमा गाभ्ने विषयमा आजबाट जनमत–संग्रह सुरु भएको छ । पाँच दिनसम्म हुने यस चुनावलाई कियभले अवैध बताएको छ । मतदाताले आफू बसेको भूमि रुसमा गाभ्ने वा नगाभ्ने दुईमध्ये एक विकल्प छान्न पाउनेछन् ।

जनमत–संग्रह भइरहेका लुहान्स, दोनेत्स, खरसन र जपोरिझिया क्षेत्रले युक्रेनी भूमिको झण्डै १५ प्रतिशत हिस्सा ओगट्छ । यीमध्ये लुहान्स र दोनेत्स्क क्षेत्रको ठूलो हिस्सामा सन् २०१४ देखि मस्को–समर्थित पृथकतावादीको नियन्त्रणमा थियो । दक्षिण खोरसन र जपोरिझिया भने पछिल्लो सात महिनामा रुसले कब्जामा लिएको हो ।

(आज)सेप्टेम्बर २३–बाट सुरु भएको मतदान सेप्टेम्बर २७ सम्म जारी रहनेछ । चार प्रान्तमा हुने मतदान प्रक्रिया कागजी मतपत्रमा हुनेछ । ‘छोटो समयमा तयारी गर्नुपरेको र प्राविधिक उपकरणको कमीका कारण विद्युतीय मतदान गर्न सकिएन,’ रुसी समाचार एजेन्सी तासले लेखेको छ ।

सुरुका चार दिनमा अधिकारीहरु मत संकलन गर्नका लागि घर–घर जानेछन् भने अन्तिम दिनमा मात्र मतदान केन्द्रमै गएर मत हाल्नुपर्नेछ । यी चार क्षेत्रमा रुसले नियुक्त गरेका अधिकारीहरु सामूहिक रुपमा गत मंगलबार जनमत–संग्रहको घोषणा गर्ने योजना सार्वजनिक गरेका थिए ।

युक्रेनले प्रत्याक्रमण तिव्र पार्दै रुसको कब्जामा रहेको जमिन फिर्ता लिन थालेपछि यस्तो निर्णय लिइएको आशंका गरिएको छ । युक्रेन र उसका पश्चिमी मित्र शक्तिले यस निर्वाचनको परिणाम स्वीकार नगर्ने बताएका छन् । विश्लेषकहरुले कुनै स्वतन्त्र अवलोनकर्ताबिना गरिएको यस जनमत–संग्रहको परिणाम रुसको पक्षमा आउने निश्चितजस्तै रहेको बताइरहेका छन् ।

जनमत–संग्रहपछि यो क्षेत्र रुसको नियन्त्रणमा आउने भएकाले त्यसपछि यी क्षेत्रमा हुने आक्रमण रुसी भूमि माथिको आक्रमण मानिनेछ । त्यसपछि रुसले अहिलेजस्तो संयमित लडाई गडिरहनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img