अर्घाखाँची, १ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा स्वागत गरेका हुन । उज्ववल पुर्व राष्ट्रिय सभा सदस्य पनि हुन ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्घाटन पछि माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका हुन।
प्रचण्डले पार्टीको प्रशिक्षणलाई करिब ४० मिनेट मात्रै समय दिएर काठमाडौंँ फर्किएका छन् ।
खड्का माओवादी पृष्ठभूमिकै नेता हुन्। उनी नक्कली शरणार्थी प्रकरणमा अभियोग लागेर एमालेबाट निलम्बित नेता सचिव टोपबहादुर रायमाझीसँगै थिए।
नेकपाकालमा माओवादीमा नगएर एमालेमै बसेका उनी पछिल्लो समय निष्क्रिय थिए। एमाले सचिव रायमाझी जेल परेसँगै उचित जिम्मेवारी नपाएको भन्दै निष्कृय उनी फेरि माओवादीतिरै फर्किएका हुन्। सचिव रायमाझी जेलमा गएपछि खड्का पनि एमालेमा सक्रिय थिएनन्।