नक्कले साईलीबाट पाए कलाकार मोतिराजले उत्कृष्ट अवार्ड

काठमाडौ । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ आयोजित दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१ को फाईनल कार्यक्रम चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा भब्यता पुर्वक सम्पन्न भएको छ ।अवार्ड कार्यक्रमको अध्यक्षता विशाल मुभिजका अध्यक्ष हुम गैरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन राशि रिजालले गरेकी थिइन् ।

प्रतिनीधी सभा सदस्य तथा नेकपा एमाले संसदीय दलकी सचेतक महिला नेत्री माननिय सुनिता बरालको प्रमुख आतिथ्यता,पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल,बरिष्ठ लोक गायक दुर्गा रायमाझी,ईन्द्र जि.सी, राजेन्द्र कुमार कार्की,नाचघरका पुर्व जि.एम लक्ष्मण रायमाझी लगायतको बिशिष्ट आतिथ्यतामा सम्पन्न फाईनल कार्यक्रममा तिज गीत संग सम्बन्धीत २२ बिधाका करिब ३२ जना कलाकारहरुलाई अवार्ड बितरण गरिएको थियो । कार्यक्रममा अवार्ड बितरण,सम्मानको कार्यक्रम संगै बिबिध साँस्कृतीक कार्यक्रम पनि रहेको कार्यक्रम सयोजक कमला बि.शी.ले जानकारी गराईन ।

लोक गायक तथा सर्जक मोतिराज खनालले दोस्रो राष्ट्रिय विशाल तीज म्युजिक अवार्ड कार्यक्रममा गायकतर्फबाट सर्वोउत्कृष्ट एकल तीज गीत म्युजिक अवार्ड २०८१ कोे विजेता बन्न सफल भएका छन् ।

गायक खनाल विगत दुई दशक देखि निरन्तर गीत संगीतको क्षेत्रमा क्रियाशील रहदै आइरहेका छन् । उनको दर्जनौं गीतहरु सार्वजिक भएका छन् । साथै यसै गीतबाट मोडल भुवन के पोखरेल पनि मोडलतर्फ उत्कृष्ट भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img