२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्षमा प्रा.डा. अधिकारी सर्वसम्मत

कार्तिक २६, काठमाडौँ । वि.सं २०६२ देखिबाट देवघाटमा सम्पन्न संस्कृत गुरुकुल विद्यालयका प्रतिनिधि र संस्कृतानुरागी अन्य महानुभावहरूबाट सुरु भएको परिषद् गठन गर्ने अवधारणामा आधारित भई गठित राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको विभिन्न गुरुकुलबाट पाल्नुभएका विशिष्ट व्यक्तिहरूबिच पुनर्गठन समारोह सम्पन्न भयो । परिषद्का निवर्तमान अध्यक्ष श्री १००८ स्वामी डा.केशवानन्द गििरज्यूको अध्यक्षता एवम् श्री १००८ स्वामी निशेषानन्द गिरिज्यूको को प्रमुखातिथ्य, स्वामी जगन्नाथाचार्यज्यूको विशिष्टिातिथित्व तथा संस्थाका संस्थापक अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदी र मेचीदेखि महाकाली सम्मका ३० भन्दा बढी गुरुकुलका प्रतिनिधिहरूको विशेष सहभागितामा आयोजित उक्त समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो ।

समारोहमा स्वागत राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका सहसचिव अर्जुन पाण्डेयले गर्नुभएको थियो । त्यस लगत्तै राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका सचिव प्रा.डा. श्रीराम अधिकारीले पुनर्गठन कार्यक्रम २०८१ को सन्दर्भमा तयार गरिएको सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसपछि कोषाध्यक्षको अनुपस्थितिमा सहसचिव श्री अर्जुन पाण्डेयले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसपछि परिषद्का निवर्तमान अध्यक्ष श्री १००८ स्वामी डा. केशवानन्दज्यूले कार्यक्रमको परिचय दिँदै आफ्नो मन्तव्य राख्नुभएको थियो । विशेष गरेर स्वामीज्यूले गुरुकुलहरूलाई प्रविधिसँग जोडिन आग्रह गर्दै आफ्नो संस्थाले पनि प्रविधिसँग जोडिएर विभिन्न कामहरू गरेको कुरा प्रस्ट्याउनु भयो । त्यसपछि विभिन्न गुरुकुलबाट पाल्नुभएका विद्वान्, विदुषीहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा ईश्वरीप्रसाद पौडेल, अर्जुन थापाले शुभकामना दिनुभयो भने प्रा.डा गुरुप्रसाद सुवेदीले आफ्ना भनाइ राख्दै गर्दा संस्थाको स्थापनाकालदेखि अहिलेसम्मको समयलाई सम्झँदै गुरुकुलहरुले विद्यार्थीहरूलाई प्रमाणपत्रका लागि नभएर ज्ञान र संस्कारका लागि पढाइनुपर्नेमा जोड्दिनु भयो । प्रमुख अतिथि श्री १००८ स्वामी निशेषानन्दज्यूले शुभकामना मन्तव्य राख्दै गर्दा विद्यार्थीहरू धेरैलाई संस्कृत पढाएको तर ती मध्ये निकै कम मात्र संस्कृतकै क्षेत्रमा लागेको पाइएकाले र सबैलाई दक्ष विद्यार्थीहरू उत्पादन गर्न र संस्कृत क्षेत्रमा नै निस्वार्थ काम गर्न सबैले प्रेरणा दिनुपर्दछ भन्ने तर्फ जोड दिनु भयो । पुनर्गठन कार्यक्रममा सबैको सहमतिमा तीन कार्यकाल सचिवका रूपमा बिताइसक्नु भएका प्रा.डा.श्रीराम अधिकारीज्यू सर्वसम्मत संस्थाका नयाँ अध्यक्षमा चयन हुनु भयो । उहाँको अध्यक्षतामा गठन भएको ९ सदस्यीय समितिमा सावित्री टण्डन, अर्जुन पाण्डेय, श्रीराम तिमल्सिना, फणीन्द्रप्रसाद पौडेल क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष हुनुहुन्छ भने सदस्यहरुमा शान्ता भट्टराई, अग्नि उपाध्याय, देवराज उपाध्याय, तेजकुमार भट्टराई रहनुभएको छ ।

पुनर्गठित समितिलाई श्री १००८ स्वामी डा.केशवानन्दज्यू र श्री १००८ स्वामी निश्शेषानन्दज्यूले रुद्राक्ष माला लगाएर सफल कार्यकालको शुभकामना दिनुभएको थियो । सभाध्यक्ष श्री १००८ स्वामी डा.केशवानन्दज्यूले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । करिब ३ घण्टा चलेको कार्यक्रममा ६० भन्दा बढी विद्वान्, विदुषीहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img