दक्षिण एसियाली ज्योतिष महासंघको बार्षिक महासभा सम्पन्न

काठमाडौँ । दक्षिण एसियाली ज्योतिष महासंघको केन्द्रीय बार्षिक महासभा सम्पन्न भएको छ । काठमाडौामा रहेको होटल पेन्सन वासनामा एक भव्य समारोहका बिच महासभा सम्पन्न भएको दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहकोषाध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिएका छन् ।

May be an image of 6 people and dais

सभामा बोल्दै नेपाल पञ्चाँग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले महासंघको उत्तरोत्तर प्रगतिको कामना सहित महासभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।May be an image of 3 people, dais and text कार्यक्रमामा विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले, धार्मिक अभियन्ता केशवप्रसाद चौलागाई, महासंघका सभापति आचार्य लक्ष्मण पन्थी, राष्टिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, बागमती प्रदेश समितिका सभापति टिकाराम घिमिरेले शुभकामना मन्तव्य राख्दै ज्योतिषशास्त्रको महत्व र आवश्यकता बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा उपाध्यक्षमा मनोनीत सुरेशप्रसाद शर्मा, नारदमणि न्यौपाने, महासचिवमा मनोनीत भरतमणि ज्ञवाली, प्रवक्तामा मनोनीत रविन पंगेनी, केन्द्रीय सदस्यमा मनोनीत भवशे भट्टराई र अमृत पौडेललाई प्रमाणपत्र वितरण गरिएको सहमहासचिव सरस्वति श्रेष्ठले जानकारी दिनुभयो । अन्य क्षेत्रमा तथा ज्योतिषीय क्षेत्र र महासंघमा योगदान पुर्याएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम अध्यक्ष सहदेव विष्टको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद तिमल्सिनाको स्वागत मन्तव्य, महासचिव भरतमणि ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img