काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा प्राडा धनेश्वर नेपाल नियुक्त भएका छन् । दैलेखको दुल्लु स्थायी घर भएका उनी वाल्मीकि विद्यापिठमा ज्योतिषशास्त्र अध्यापन गर्दछन् । ज्योतिषशास्त्र अध्ययन गरेका उनी यसअघि संस्कृत विश्वविद्यालयमा परीक्षा नियन्त्रक भएर काम समेत गरेका थिए ।उनी नेपाल नेपाल ज्योतिष परिषद्को वरिष्ठ सल्लाहकार तथा वाल्मिकी विद्यापीठमा ज्योतिष विभाग प्रमुखको जिम्मेवारीमा थिए ।
संस्कृत विश्वविद्यालयमा ३ महिना यता उपकुलपति खाली रहेको थियो । विभिन्न विद्यार्थी संगठन तथा प्राध्यापक र कर्मचारीको आन्दोलनका कारण अस्तव्यस्त रहेको संस्कृत विश्वविद्यालय यसअघि उपकुलपति र रजिष्टारको विवादले अर्को समस्या थपेको थियो ।