भारत । दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समिति, विक्रम विश्वविद्यालय उज्जैन भारत भारत र महाराजा विक्रमादित्य शोधपिठ उज्जैनको संयुक्त आयोजनामा मध्य प्रदेश भारतको उज्जैन स्थित विक्रम विश्वविद्यालय सभाहलमा अन्तर्राष्ट्रिय ज्योतिष, तन्त्र एवम् वास्तु महाधिवेशन सम्पन्न भएको छ।
विक्रम विश्वविद्यालय ज्योतिष विभागका प्रा. डा. सर्वेश्वर शर्माको संयोजकत्वमा सम्पन्न सम्मेलनमा भारत र नेपालका विभिन्न स्थानबाट ४६५ जना ज्योतिष तथा पूर्वीय दर्शनका विद्वानहरूको उपस्थित रहेको थियो । उक्त महासम्मेलनको समुद्घाटन सत्रको प्रमुख अतिथि विक्रम विश्वविद्यालयका कुलसचिव प्रा.डा. अनिल कुमार शर्मा, विशिष्ट अतिथि महामण्डलेश्वर जैन तथा राज्यसभा सांसद बाबा बालयोगी माननीय उमेश नाथ र महाराजा विक्रमादित्य शोधपिठ उज्जैनका निर्देशक श्रीराम तिवारीज्यूले संयुक्त रूपमा गर्नुभएको थियो भने समापन सत्रको समुद्घाटन विश्वविद्यालयका कुलपति प्रा.डा. अर्पण भारद्वाज र दक्षिण एसियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थीद्वारा संयुक्तरूपमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।
कार्यक्रममा नेपालका तर्फबाट आचार्य लक्ष्मण पन्थीले नेपालको पञ्चाङ्ग र भारतको पञ्चाङ्गमा एकरुपता हुनुपर्ने भारतको पञ्चाङ्ग पञ्चाङ्गमा नेपालका जात्रा पर्वहरूको पनि उल्लेख गर्नुपर्ने, ज्योतिषी आचारसंहितालाई पालन गर्नुपर्ने, आगामी दिनमा विश्वविद्यालय र दक्षिण एसियाली ज्योतिष महासंघको संयुक्त पहलमा विभिन्न सम्मेलनहरू गर्ने विषयलाई प्रस्तावको रुपमा जोड दिँदै आफ्नो मन्तव्य राख्नुभयो त्यसैगरी उपाध्यक्ष डा देवीप्रसाद खनालले विक्रमादित्य र विक्रम सम्वतको सम्बन्ध को विषयमा उपाध्यक्ष प्रेम प्रसाद पराजुलीले तन्त्रको विषयमा, उपमहासचिव अचुतमणि आचार्यले ज्योतिषीय विषयमा आफ्नो धारणा राख्नुभयो।
कार्यक्रममा विक्रम विश्वविद्यालयका पदाधिकारीहरू, विभिन्न विषयका प्राध्यापकहरु, मध्यप्रदेशका विभिन्न राजनीतिक दलका नेताहरू को उपस्थिति रहेको कार्यक्रमका सहसंयोजक राजगुरु कृपाराम उपाध्यायले जानकारी गराउनुभयो । कार्यक्रममा बीजेपीका मध्य प्रदेशका प्रचार विभाग प्रमुख विक्रम विश्वविद्यालय भुगर्भ विभागका प्राध्यापक राकेश पाण्ड्या, अहमदाबादका प्रा.डा. कार्तिक रावल, हरियानाका ज्योतिषी तथा वास्तुविद् डा. गुरभेज सिंह ढिल्लो, डा अर्चना सरमण्डल, डा विनीत शर्मा, भुपालको ४० वर्ष पुरानो ज्योतिषी पत्रिका जीवन वैभवका प्रकाशक तथा प्रधानसम्पादक हेमचन्द्र पाण्डे, लालकिताबका स्पेसलिस्ट डा रिभुकान्त गोस्वामी, लगायत भारतका विद्वानहरू र नेपालबाट दक्षिण एसियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थीको नेतृत्वमा सह-अध्यक्ष आचार्य डा.अशोक कुमार मिश्र, उपाध्यक्ष डा. देवीप्रसाद खनाल, उपाध्यक्ष प्रेमप्रसाद पराजुली, उपमहासचिव अच्युतमणि आचार्य, सदस्यहरु चुरामणि पाण्डे, आचार्य प्रज्वल कोईराला, विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिका महासचिव आशिष प्रसाद सिंखडा, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उप-महासचिव पण्डित होमराज सुवेदी, वरिष्ठ सदस्य ज्यो. सुरेश चन्द्र रिजाल, दक्षिण एसियाली ज्योतिष महासंघ, गण्डकी प्रदेश समिति नेपालका उप-सभापति, ज्यो. पण्डित नीलकण्ठ उपाध्याय, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उपमहासचिव ज्यो. प्रितम तुलाधर, प्रचार सचिव ज्यो. लव श्रेष्ठ , संगठन सचिव ज्यो. अम्बर रत्न बज्राचार्य, दक्षिण एसियाली ज्योतिष महासंघ सदस्यहरु रमा खनाल भट्टराई र विद्या खनाल न्यौपानेको सहभागिता रहेको थियो । सहभागीहरु लाई सहभागिता प्रमाणपत्र र विशेष विधागत सम्मानले सम्मान गरिएको महासंघका सभापति आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।
सम्मान समितिमा विश्वविद्यालयका कुलसचिव डाक्टर ननिलकुमार शर्मा को संयोजकत्वमा आचार्य लक्ष्मण पन्थी नेपाल कार्यक्रम संयोजक प्रा.डा.सर्वेश्वर शर्मा, श्रीराम तिवारी, डा.कृपाराम उपाध्याय रहनुभएको थियो। सम्मेलनको अवसरमा अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीको नेतृत्वमा अन्तर्राष्ट्रिय समितिको बैठक बसेको महासंघ राष्ट्रिय समितिका वरिष्ठ सदस्य सुरेशचन्द्र रिजालले जानकारी दिनुभयो ।














