बृहत स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं सहभागी

काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जिल्लाका सयभन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् ।

संघले विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृतिका विशिष्ट जीवन-मूल्य, नैतिक मान्यताबारे बोध गराउन आयोजना गरिएको संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपाल प्रथम भएका छन् ।

यसैगरी शहीद स्मारकका लोकराज जैसी द्वितीय र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले जनही नगद ५१ हजार, ३१ हजार र २१ हजारसहित प्रमाणपत्र पाएका छन् ।

परीक्षामा सहभागीहरूमध्ये ६६ विद्यार्थीले ५० वटै प्रश्न मिलाउन सफल भएको बताइएको छ । ६३ जनालाई जनही एक हजारका दरले सान्त्वना पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरूलाई संस्कारसहितको नैतिक शिक्षा सिकाउनुपर्ने बताए । उनले विद्यालय तहदेखि नै संस्कृत शिक्षा, हाम्रो वैदिक हिन्दूत्वको शिक्षा र नैतिक शिक्षा सिकाउन आवश्यक रहेको बताए ।

त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले राष्ट्र बलियो बनाउन भाषा, धर्म, संस्कृति र सभ्यता महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले नैतिक शिक्षाको कमी भएको बताउँदै विद्यार्थीहरुले आफूमा करुणा, नैतिक शिक्षा, वृद्धहरुप्रति देखाउने सम्मान र मानवतालाई जगाउनुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img