२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार
spot_img

संसदमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आजको बैठकको आकस्मिक समयमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने बताए । ‘भारतमा ठुलो हङ्गामा भएको छ। नेपाल सरकारले चासो देखाएको छैन। बल्ल हामी बुझिरहेका छौँ। जनआन्दोलन १ र २ मा नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनायो भन्ने कुरा खुल्न आइरहेको छ। यसको दोषी को हुन् छानबिन हुनुपर्यो,’ राणाले भने ।

उनले  ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई धर्म सापेक्ष राष्ट्र बनाउन माग गरे । ‘प्रतिनिधि सभालाई विनम्र अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत हामी ॐ कार परिवार बसोबास गर्ने राष्ट्रलाई यो कुरा कसैको चित्त बुझेको छैन। धर्म सापेक्ष नेपाल अधिराज्य अर्थात् राजासहितको प्रजातन्त्रमा प्रवेश गर्नका लागि यो प्रतिनिधिसभासित आग्रह गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img