काठमाडौँ । नेपाल ज्योतिष परिषद्को आयोजना नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र राष्ट्रिय महिला ज्योतिष संघको सहआयोजनामा ज्योतिष दिवस समारोह २०८१ काठमाडौँको होटल पौवामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमले ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरु सम्मानित हुनुपर्नेमा जोड दिनुभयो । ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरु सम्मानित हुनुपर्नेमा जोड दिनुभयो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी श्रेष्ठ वाल्मीकि विद्यापीठका प्राध्यापक डा.माधवप्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालको अध्यक्षता, दक्षिण एसियाली ज्योतिष महासंघका सभापति आचार्य लक्ष्मण पन्थीको स्वागत मन्तव्य, नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्लेको धन्यवाद ज्ञापन एवम् नेपाल ज्योतिष परिषद्का सचिव शिवलाल पौडेलको सहजीकरणमा सम्पन्न भएको हो ।
यस्तै कोशी प्रदेशको कन्काईमा, मधेश प्रदेशको सिमरा बारामा, बागमती प्रदेशको चितवनमा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको नेपालगञ ्जमा, कर्णाली प्रदेशको सुर्खेतमा विभिन्न कार्यक्रमहरु गरि ज्योतिष दिवस मनाइएको त्यहाँबाट नेपाल ज्योतिष परिषद्का पदाधिकारी सदस्यहरुले जानकारी दिनुभएको छ ।













