लामाटार–४ ललितपुर निवासी मोहन थापा ज्यू, क्यान्सर जस्तो प्राणघातक रोगका कारण दुबै खुट्टा गुमाउन बाध्य भएपछि उहाँको दैनिक जीवनयापन अत्यन्त कठिन भइरहेको थियो। यही पीडालाई मध्यनजर गर्दै उहाँको जीवन यापन सहजताको लागी एन आर एनए ले जापान नागानो क्षेत्रीय समिति, नेपाल र समाज नागानो केन जापान साथै नेपालमा देब छाया फाउन्डेशन को सहकार्यमा उहाँलाई ह्वीलचेयर स्कूटर हस्तान्तरण गरिएको हो । यश फाउन्डेसनले ५ वर्षको अन्तरालमा १०० भन्दा धेरै सहयोगका कार्यक्रम गरिसकेको आयोजकले बताए ।
नेपाल भ्रमणमा रहनु भएका Mr. Keiichi Ishikawa र Mrs. Manami Ishikawa, एनआरएनए नागानो केनका संयोजक तथा देब छाया फाउन्डेशनका संस्थापक अध्यक्ष श्री नन्दराज रेग्मी , उपाध्यक्ष केशव क्षत्री , सचिव पिङ्गला देवी आचार्य (सरु) कोषाध्यक्ष महेश रेग्मी सदस्य रुद्र प्रसाद सिलवाल साथै गलकोट समाजका उपाध्यक्ष श्री डिलाराम गैरे को विशेष उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। श्यामहरी शिव भक्ती द्वारा कार्यक्रम सन्चालन गरिएको थियो । साथै देव छाया फाउन्डेसनले लामो सयम देखि कलाकारिता क्षेत्रमा योगदान पुर्याउनु भएका कलाकारहरु गायक तथा सर्जक मोतिराज खनाल , कलाकार तथा निर्देशक सुरज खनाल , कलाकार बिनोद राई , कलाकार लेखान्त भुसाल , पत्रकार वर्षा खनाल , पत्रकार टेकराज पोख्रेल पत्रकार श्यामहरी शिवभक्ती, नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसी लगायत मनोरञ्जन तथा कलाकारिता र पत्रकारितामा बिशेष योगदान दिनुभएका दिग्गज व्याक्तित्वहरु लाई फाउन्डेसनले सम्मान गरेको थियो ।
देब छाया फाउन्डेशनले लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा राहत तथा सहयोग अभियान सञ्चालन गर्दै आइरहेको छ। जापानमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट सहयोग जुटाउँदै, नेपालमा विपन्न तथा प्राकृतिक विपत्ति बाट प्रभावितहरूलाई राहत प्रदान गर्दै आएको यस संस्थाले जापानमै विभिन्न दैवीप्रकोपका बेला पनि सक्रिय रुपमा सहयोगी भूमिका खेलेको बताइएको छ । गायक तथा सर्जक मोतिराज खनालले आफ्नो मन्तव्य राख्दै समाजसेवा मार्फत समाजलाई सकारात्मक सन्देश दिन सफल हुनुभएको तथा कलाकार पत्रकारसाथिहरुलाइ समान गरेर हौसला प्रदान गर्नुभएकोमा आयोजक टिमलाई धन्यवाद व्याक्त गर्नुभयो ।
कार्यक्रममा गीत गायर त्यहाँको मावललाइ रोमान्चक बनाउनुभएको थियो । यो कार्यक्रमले समाजसेवा अन्तरगत स्वास्थ्य , शिक्षा , बिपन्नहरुलाई सहयोग गर्नुका साथै बिपत्तिमा परेकाहरुलाइ पनि सक्दो सहयोग गर्दै आइरहेको छ । त्यतिमात्र हैन नेपाली कलाकारिता तथा पत्रकारिता क्षेत्रको योगदानलाई उच्च सम्मान गर्ने कार्य निकै नै प्रसंसा योग्य भएको धारणा अतिथि हरुबाट बताइएको थियो । समाजसेवा जस्तो मनकारी कार्यले समाजमा सकारात्मक सन्देश दिन सकिने कार्यक्रमका अध्यक्षले बताउनु भयो । पीडितहरूलाई सहयोग गर्दा मन आनन्दित हुन्छ उहाँले भन्नुभयो । यस्ता किसिमका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । काठमाडौंको शंखमुलमा रहेको चर्चित स्कुल नेरिक एकेडेमीको प्राङ्गणमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भएको थियो ।













