भाषा हराउँदै गए समाज कमजोर र विखण्डित हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । देउडा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भाषा हराउँदा समाज कमजोर र विखण्डित हुने उनले बताए ।

उनले भने, ‘सुदूरपश्चिमको भाषा हराउँदैछ के गर्नुहुन्छ ? कोही बोल्दैनन् आफ्नो भाषा सबै नेपाली बोल्छन्, हुँदाहुँदै छोराछोरी अंग्रेजी बोल्छन् । त्यसैले भाषा हराउँदै गइरहेको छ । भाषा ठूलो कुरा हो । जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर र विखण्डित हुन्छ भन्ने भनाइ छ । आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, बचाउन काम गरिरहेका छन् ।’

उनले सुदूरपश्चिमको भाषालाई बचाउनको लागि सबैलाई योगदान गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img