९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
spot_img

पाथीभरा क्षेत्र विकास समिति सम्मानित

पाँचथर । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेश समितिले सम्मान गरेको छ ।

परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रममा समितिलाई सम्मान प्रदान गरेको हो ।

समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष रक्की थेबे लिम्बुले सम्मानपत्र ग्रहण गरे ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

ज्योतिष पेसामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका नेपाल ज्योतिष परिषद् पाँचथरका सल्लाहकार एवं समितिका संयोजक गङ्गाराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलाई समेत सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष थेबेले परिषद्को सम्मानले धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताए । उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागिरहने बताउँदै आज समितिलाई सम्मान गर्नुहुनेप्रति धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img