अर्घाखाँची । हिन्दु धर्मको विरुद्धमा धर्म परिर्वतन गराउँन गाउँ गाउँमा डुली विभिन्न प्रभोलन देखाउँने महिलालाई प्रहरीले प्रकाउ गरेको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. १३ का विभिन्न ठाउँमा धर्म परिवर्तन गराउँदै हिडेका दुई जना महिला लाई पक्राउ गरी सिमलपानी प्रहरी चोकी मार्फत ईलाका प्रहरी कार्यालय ठाडामा पठाईएको वडा अध्यक्ष दुर्गा विसीले जानकारी दिए ।
वडामै धर्म परिवर्तन गराउँन हिडेका अरु १० जना फरार भएको वडाले जनाएको छ । वडा अध्यक्ष विसीका अनुसार अहिले केही व्यक्तिहरू आर्थिक प्रलोभन देखाई सोझा साझा समुदायलाई भ्रममा पारेर धर्म परिवर्तन गराउने दुष्प्रयासमा लागेका छन्। आफ्नो निहित स्वार्थ पूरा गर्न उनीहरू गाउँ–गाउँ पुगेर सनातन संस्कार, परम्परा र विश्वासलाई कमजोर पार्न खोजिरहेका छन्।
ध्यान दिनुहोस्, केही पैसाको लोभमा आफ्नो धर्म, संस्कृति र पहिचान गुमाउनु भनेको जरा काटेर रूखलाई हरियो बनाउने भ्रम हो। हामी सबैले सजग बनौं, आफ्ना धर्म र संस्कृतिको रक्षा गरौं। धर्म परिवर्तन गराउने यस्ता भ्रम फैलाउनेहरूलाई विचार र चेतनाको बलमा गाउँ–गाउँबाट परास्त गरौं भन्दै वडा अध्यक्ष विसीले अभियान नै चलाएर वडाबासीलाई सचेत गराएका छन् । धर्म परिर्वतन गराउँने र गर्नेलाई कार्वाही हुने संविधानमा उल्लेख छ ।













